बारा जिल्ला सहित तराई-मधेसमा जाडो बढ्यो।

[ साजिर मन्सुर ]

बारा := नेपालको तराई-मधेसमा मौसम परिवर्तनले ह्वातै जाडो ( चिसो ) बढेको छ । सोमबार देखि बढेको बाक्लो हुस्सु र चिसोका कारण बारा जिल्ला सहित तराई–मधेसमा जाडो बढेर जनजीवन प्रभावित भएको छ।

बाक्लो हुस्सु , बाक्लो तुसारो र घाम नै नउदाएपछि बारा जिल्ला सहित तराई मधेशका जिल्लाहरुमा न्युनतम तापक्रम कम हुँदै गएकोले शहरी तथा ग्रामिन क्षेत्रका बासिन्दाहरुको जनजीवन कष्टकर बनेको हो ।बिहान देखि प्राय : सोमबार देखी दिनभर मौसम प्रतिकुल भएपछी मानिसहरुको चहलपहल घटेको छ।


असह्य जाडो भइरहेको बेला रुघाखोकी लाग्ने ज्वोरो आउन सक्ने कोलडेरिया, निमोनिया, दम , घाँटी दुख्ने, घाँटीमा टन्सिल देखापर्ने जस्ता स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने भएकोले सुरक्षित रहन र कोरोना भाइरस बाट सुरक्षित रहन स्वास्थ सुरक्षाको पुर्ण रुपमा पाल्ना गर्न स्वास्थ्य कार्यालय बारा का प्रमुख रामनरेश यादवले बताए।