प्रधानमन्त्री ओलीले बहिनी कौशल्याको हातबाट भाइटीका लगाउनु भयो।

काठमाडौ:= प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारकाे भाइटीका लगाउनु भएको छ । बहिनी काैशल्या काेइरालाले बालुवाटारमा आफ्ना दाजु र भाउजुलाई टीका लगाइदिनु भएको छ ।

साे अवसरमा प्रधानमन्त्रीले पनि आफ्नी बहिनीलाई टीका लगाइदिनुभयाे । काेराेना महामारीका कारण अरू बहिनीहरू झापामै रहनुभएकाले एक मात्रै बहिनीले भाइटीकाकाे अवसरमा प्रधानमन्त्रीजलाई टीका लगाइदिनु भएको हाे ।