नवगायक आर्या चौधरी र अनुको स्वरमा सजिएको “पागल बना देलौ” को म्यूजिक भिडियो सार्वजनिक।

[ आरएन चौधरी थारु ]


बारा := बारा जिल्लामा बोलिने थारु,चौधरी भाषाको गीत “पागल बना देलौ” को म्यूजिक भिडियो अन्ततः युट्युबमा सार्वजनिक भएको छ ।

यो गीत पछिल्लो समयमा साङ्गितिक क्षेत्रमा थारु र नेपाली भाषाको एक पछि अर्को चर्चित गीत गाएर बहुचर्चित बनेकी गायिका अनु चौधरी र बारा जिल्लामा एकदमै नयाँ उदाउँदो ताराको रुपमा रहेको सुमधुर स्वरको धनी नव-गायक आर्या चौधरीको आवाजमा सजिएको छ।

निराजन थारु र सन्तोष शाहले निर्माण गरेको यस् गीतको म्युजिक भिडियोलाई नृत्य निर्देशक तथा मोडल हिरा चौधरीले निर्देशन गरेका हुन, भने सहायक निर्देशकको रुपमा अजय चौधरी रहेको छ।

[ नवगायक : आर्या चौधरी ]
[ मोडल : मुस्कान चौधरी ]
[ मोडल : विरु चौधरी ]

बारा जिल्ला निवासी विरु चौधरी र चितवनकी मुस्कान चौधरीको जोडदार मनमोहक अभिनय रहेको यो गीतलाई सन्तकुमार चौधरीले छायांकन गरेको हो।

कोसिष चौधरीको शव्द रहेको यो गीतलाई गणेश चौधरीले ब्यवस्थापन (अरेन्ज ) गरेको हो। भिडियोमा विक्रम चौधरी ( म्याड म्याक्स)ले ड्रोन क्यामरा अपरेट गरेको यो गीतको भिडियोले दर्शक क्ष्रोताको मन जित्न सक्ने निर्देशक हिरा चौधरीले बताउनुभयो।

पूरा म्युजिक भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् :