[ समीर मल्ल ]
क्वालालम्पुर ( मलेसिया ):= बिगत लामो समयदेखि बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचाररत अछाम जिल्ला ढकारी गाँउपालिकाकाका क्यान्सर पीडित कपुरे कामीलाई उपचारमा सहयोग पुगोस् भन्ने हेतुले सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाले आर्थिक सहयोग प्रदान गरेको छ।
समाजका संस्थापक पदाधिकारी , सामाजिक अभियान्ता तथा नेपाली दूतावास मलेसियाका जनसम्पर्क अधिकृत समेत रहेका टेकबहादुर बुढाको विशेष पहलमा सु.प. समाज मलेसियाको मासिक सहयोग योजना अन्तर्गत मलेसियन रिंगेट आरएम १६०५ , नेपाली रुपैयाँ ४५ हजार २४१ रुपैयाँ आर्थिक सहयोग रकम संकलन गरि आईएमई मार्फत क्यान्सर पीडित कपुरे कामीको गाउँले आफन्त पर्ने कृष्ण बहादुर बुढाको नाममा नेपालमा पठाएर सहयोग गरेको सु.प. नेपाली समाज मलेसियाको कोषाध्यक्ष कैलाश बोहराले बताउनुभयो।
कोषाध्यक्ष बोहराले बताए अनुसार सो आर्थिक सहयोग रकम नेपालमा कृष्ण बहादुरले बिरामीको परिवारलाई गाउँको वडा अध्यक्ष लगायत भलादमीहरुको रोहवरमा हस्तान्तरण गरिसकेको बताउनुभयो।


सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाले आफ्नो स्थापना कालदेखिनै प्रबासमा रहेर पनि प्रवास संगसंगै नेपालको विभिन्न जिल्लामा पर्ने गाउँसमाजमा रहेका गरिब,बिपन्न परिवार , बिरामी , बाढीपहिरो पीडित लगायतकोलाई समेत राहत बितरणदेखि लिएर आर्थिक सहयोग सम्मको उल्लेखनीय कार्य गर्दै आईरहेको छ। समाजले अहिले सम्म सुदूरपश्चिम प्रदेशमा पर्ने दार्चुला, बझाङ ,अछाम जिल्लामा गरेर ३ वटा अभियान सफल पारिसकेको छ।
सु.प.नेपाली समाज मलेसिया समितीले प्रवासमा समस्यामा रहेका नेपाली श्रमिकदेखि लिएर नेपालमा अन्य जिल्ला जिल्लामा अरुपनि थप अभियान चलाउदै सहयोग,सेवाको कार्यलाई निरन्तरता दिईरहने समाजको मलेसिया अध्यक्ष तुलाराम धामीले बताउनुभयो। साथै अध्यक्ष धामीले समाजले चालेको पहिलाको र अहिले सम्मको सहयोग अभियानमा आर्थिक , भौतिक रुपमा सहयोग गर्नुहुने समाजका सम्पुर्ण पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो।























