पेनाङमा कार्यरत कोरोना संक्रमण फ़ेला परेका ८७ जना नेपालीलाई क्वारेन्टाइन सेन्टरमा पठाइयो।

क्वालालम्पुर ( मलेसिया ):= मलेसियाको पेनाङमा पर्ने बातु मुवाङ्ग भन्ने ठाउँमा १९९ जना विदेशी श्रमिकहरुलाई क्वारेन्टाइन सेन्टरमा राखिएको छ।

कोरोना भाइरस ( कोभिड -19 ) को संक्रमणको चेकजाँच पश्चात् ती श्रमिकहरुमा कोरोनाको संक्रमण पोजेटिभ देखिएकोले थप आवश्यक उपचारको लागी क्वारेन्टाइनमा राखिएको स्थानीय प्रहरीले बताएको छ। यो खबर स्थानीय पत्रीका द-स्टारमा प्रकाशित छ।

आईतवार अक्टोबर २५ तारिख साझको समयमा मलेसियन स्वास्थ्य मन्त्रालयको समुहले जालान कोलाम १,२,३,४,५ बायान लेपासमा अवस्थित पुरुष बस्ने र महिला बस्ने होस्टेलहरुमा चेकजाँच गरिएको थियो। चेकजाँच पश्चात् ती मानिसहरुमा संक्रमण फेला परेकोले थप उपचारको लागी क्वारेन्टाइन सेन्टरमा राखिएको हो ।

(BRIEF CAPTION): OCPD Supt A. A. Anbalagan giving his press conference at Balik Pulau. /Picby:CHAN BOON KAI/ The Star

संक्रमित हुने १९९ जना विदेशी श्रमिकहरु मध्य ११२ जना इन्डोनेशियन महिलाहरु रहेको र ८७ जना नेपाली पुरुष श्रमिकहरु रहेको प्रहरीले बताएको छ। अहिले ऊनीहरु सबैको थप उपचार भैईरहेको र सोही ठाउँतिर अन्य संक्रमितहरुको खोजी कार्य पनि प्रहरीले गरिरहेको बताइएको छ।