काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये महिला ७७९ र पुरुष १ हजार ४४६ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको अद्यावधिक विवरणअनुसार पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ । यस्तै देशभर कुल १ लाख ५५ हजार २३३ जनामा संक्रमण पुष्टि भएकोमा अब सक्रिय संक्रमित ४६ हजार ५७ जना रहेका छन् ।




















