हेल्प मधेशी मलेसियासंस्थाद्वारा मानसिक सन्तुलन गुमाएका श्रमिकको उद्दार गरि नेपाल फर्काइयो।

[ अमरेश यादव ]


क्वालालम्पुर ( मलेसिया ):= रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत मानसिक सन्तुलन बिग्रेको एक नेपाली श्रमिक लाई सकुशल उद्दार गरि स्वदेश फिर्ता पठाएको छ।

प्रदेश न.२ , सिरहा जिल्ला, नरहा गाउपालिका बर्छबा वाड न. ४ घर भएका अन्दाजी ४० बर्षिय श्याम किसोर यादव केही दिन अगाडी देखि मलेसियामा मानसिक सन्तुलन गुमाएर अलपत्र अवस्थामा रहेका थिए।
मानसिक सन्तुलन ठिक नभएकै अवस्थामा रोजगारदाता कम्पनीले कम्पनीबाट काम खोसेर निकाला गरिदिएको श्याम किसोर केहि समयदेखी अबैधानिक भैइ यताउता काम गर्दै आइरहेको थियो। आर्थिक अभावको कारण यादव लामो समयदेखी आफ्नो घरपरिवारसङ्ग सम्पर्क बिहिन भएको कुरा उसको घरपरिवारलेनै मलेसियामा रहेका समाजिक संस्था हेल्प मधेसी नामक संस्थालाई जानकारी गराएको र उनको उद्दार गरेर नेपाल फर्काईदिनुहुनको लागी अनुरोध गरेको थियो।

लगत्तै हेल्प मधेसी मलेसिया संस्थाले सो कुराको जानकारी हुन साथ श्याम किसोर यादवको खोज तलास सुरुगर्दा मलेसियन नागरिक टयाक्सी ड्राइभरले समातेर राखेको कुरा खुल्नमा आयो। हेल्प मधेसी मलेसिया संस्थाका केन्द्रिय उपाध्यक्ष दिपक गुप्ताले पिडितलाई आफ्नो जिम्मा लिई मलेसियमा भएको नेपाल राजदुतावासमा जानकारी गराउनुको साथै नेपाल फर्काउने पहल सुरु गरेको मलाया खबरलाई बताए।

मलेसिया सरकार द्वारा कोभिड-१९ नियन्त्रणको लागि लगाइएको लकडाउनले गर्दा पिडित लाई घर फर्काउने प्रक्रिया ढिलाई हुँदा करिब २० दिन सम्म संस्थाको उपाध्यक्ष गुप्तालेनै जिम्मा लिइ आफुसंगै राखेको बताए। गुप्ताको भनाई अनुसार श्याम किसोरको मानसिक अवस्था एकदमै खराब भैइसकेको थियो। छिन-छिनमा भाग्ने,हो-हल्ला गर्ने , घरको पर्खालमा टाउको ठोक्ने लगायतको क्रियाकलाप गर्नाले हामीले उहाँको स्याहारसुसार गर्न र सुरक्षीत राख्न अत्यन्त अप्ठ्यारो भएको सुनाए।

पिडित श्याम किसोरको घरपरिवारको आर्थिक अवस्था पनि एकदमै कमजोर रहेकोले स्वदेश फिर्ता गराउनको लागी आवश्यक रकम अपुग रहेको थियो। स्वदेश फर्काउन खर्च हुने कानुनी प्रक्रियाहरु पूरा गराउन आवश्यक रकम अपुग भएकोले तिर्न नसकेको अवस्थामा संस्थाको तर्फबाट सहयोग स्वरुप मलेसिया रिङ्गेट आरएम २ हजार ७१६, नेपाली ने.रु. ७७,४०६ संकलन गरेर र पिडितको घरपरिवारबाट मलेसिया रिङ्गेट आरएम ३०००,ने.रु. ८५,५०० गरि मलेसियन रिंगेट जम्मा आरएम ५ हजार ७१६ , नेपाली रुपैयाँ करिबकरिब रु.१ लाख ६२ हजार ९०६ रुपैयाँ खर्च भएको उपाध्यक्ष गुप्ताले बताए।

मलेसिया स्थित नेपाली दूतावासको विशेष सहयोगमा आवश्यक सम्पुर्ण कागजी प्रक्रिया पूरा भए पश्चात यहीँ अक्टोबर २० तारिख,मंगलबारको दिन श्याम किसोरलाई सकुशल स्वदेश पठाइएको छ।
श्यामलाई स्वदेश फर्काउन सहयोग गर्नुहुने सम्पुर्ण सहयोगीदाताहरु प्रति कृतज्ञता,धन्यवाद व्यक्त गर्दै उपाध्यक्ष गुप्ताले मानसिक सन्तुलन गुमेका श्याम किसोरको उपचार परिवारले गराईरहेको जानकारी प्राप्त भएको बताए।