नेपाली सेक्युरिटीगार्डहरु कोरोनाबाट संक्रमित,कम्पनीको बेवास्ताको कारण मृत्यु हुन सक्ने।

[ आरएन चौधरी थारु ]


क्वालालम्पुर ( मलेसिया ):= विश्वभर माहामारीको रुप लिएर फैलिएको कोरोना भाइरस (कोभिड-19) को संक्रमण पछिल्लो समय मलेसियामा पनि ह्वात्तै बढेको छ।

मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कोरोना भाइरस ( कोभिड-19 ) ले संक्रमित हुनेको संख्या २२ हजार २२५ जना पुगेको छन, भने संक्रमणको कारण अक्टोबर २० तारिख , मंगलबार सम्म मृत्यु हुनेको संख्या १९३ जना पुगेको तथ्यांकमा उल्लेख गरिएको छ।

दिनप्रतिदिन बढीरहेको कोरोना भाइरस संक्रमणको कारण मलेसियामा कार्यरत नेपाली सेक्युरिटीगार्ड ( nepali security guard ) हरु संक्रमणको चपेटामा , उच्च जोखिममा परेको छ। स्थानीय मिडियाहरुको समाचार र संक्रमित मानिसहरुसंगको कुराकानी, सोधखोज अनुसार पछिल्लो केही दिनभित्रै मलेसियामा सयौंको संख्यामा नेपाली सेक्युरिटीगार्डहरु कोरोनाबाट प्रभावित भएको पाइएको छ।

अन्तर्राष्ट्रिय विमानस्थल केयलआईए-२ मा अवस्थित जाया ग्रोसर सुपरमार्केटमा कार्यरत २ जना नेपाली सेक्युरिटीगार्डमा कोरोना संक्रमण पुष्टि भएको सुपरमार्केटको ब्यवस्थापन समितीले एक बिज्ञप्ति मार्फत जनाएको छ।

केयलआईएमा शाखामा कार्यरत एक छुट्टै कन्ट्याक्ट् सेक्युरिटी कम्पनीका २ जना सेक्युरिटीगार्डमा कोरोना संक्रमण देखिएकोले आजवाट अर्को सुचना सार्वजनिक नहुन्जेलसम्मको लागी जाया ग्रोसर मार्केट बन्द गरिएको एक सुचना मार्फत जनाइएको छ।

मार्केटको ब्यवस्थापन समितीका अनुसार आजदेखी मार्केटमा कामगर्ने सम्पुर्ण कामदारको स्वाब परिक्षण गर्न सुरु गरिएकोले सबै कामदारको पुर्ण स्वास्थ रिपोर्ट नआउन्जेलसम्मको लागी मार्केट बन्द गर्ने घोषणा गरेको छ। साथै समितीले सुचना मार्फत भने कि “अहिलेसम्म दुई जना सेक्युरिटीगार्ड बाहेक अरु कामदारहरुमा संक्रमण देखिएको छैन , त्यसैले तत्काल कुनैपनि सेक्युरिटी कम्पनीको सुरक्षागार्डलाई काममा राख्न नसकिने स्पष्ट पारे।

एक नेपाली कामदारले मलाया खबरलाई जानकारी गराए अनुसार कोरोना पोजिटिभ देखिएको संक्रमित ति दुईजना सेक्युरिटीगार्डहरु अहिले होम आईसोलेशनमा रहेको बताएको छ। रोजगारदाता सेक्युरिटी कम्पनीले उपचारमा चासो नदेखाएको प्रती ती नेपाली कामदारले दुख् व्यक्त गरे।

त्यस्तै मलेसियामै अवस्थित विभिन्न ठाउँमा रहेको सुपरमार्केट , रेसिडेन्स लगायतकोमा कार्यरत नेपाली सेक्युरिटीगार्डहरुमा समेत कोरोना संक्रमण देखिन थालेको छ।
मालाया खबरलाई प्राप्त जानकारी अनुसार संक्रमित मध्य कतिपय कोरोना चेकजाँच विशेष अस्पतालमा उपचाररत रहेका छ्न भने अधिकाँसजसो सेक्युरिटीगार्डहरुलाई रोजगारदाता कम्पनीले बेवास्ता गरेको कारण होम आईसोलेशनमै दिन बिताउन बाध्य भएको छ। जसको असरले संक्रमितहरुले समयमै उपचार नपाए मृत्यु हुने सम्भावना समेत तिब्र रहेको जानकारी गराएको छ।

यस् माहामारीको समयमा मलेसिया स्थित नेपाली दूतावासले नेपाली संक्रमितहरुको उपचारको निम्ति रोजगारदाता कम्पनीहरुसंग समन्वय गरेर प्रभावकारी भुमिका खेल्नु हुनेछ भन्ने विश्वास आम नेपाली कामदारहरुले लिएको छ।