अक्टोबर १४ तारिखदेखी सिएमसिओमा मलेसियन प्रहरीले सडक अवरोध गर्ने,चेकजाँचमा कडाई गर्ने।

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामामा दिनप्रतिदिन बढ्दैगैइरहेको कोरोना भाइरस (कोभिड-19) को संक्रमणलाई रोक्नको लागी सशर्त आवागमन नियन्त्रण आदेश कन्डिसनल (सिएमसीओ) यहीँ अक्टोबर १४ तारिखदेखी २७ तारिखसम्म लागू हुनेभएपछि मलेसियन प्रहरीले सेलाङ्गर , क्वालालम्पुर र पुत्राजायामा पर्ने सडकहरुमा अवरोध खडा गर्ने , चेकजाँचमा कडाई गर्ने भएको छ।

प्रहरी उपमहानिरीक्षक दातुक श्री एक्रिल सनी अब्दुल्ला सानीले स्थानीय सञ्चार माध्यमसंगको कुराकानीको क्रममा बोल्दै भने कि , “अक्टुबर १४ तारिखको दिन बिहान १२:०० बजेदेखी विभिन्न स्थानमा अवरोध खडा गर्ने र सवारीसाधन चेकजाँचलाई तिब्रता दिने जानकारी दिए।
उनले थप बोल्दै भने “मार्चको सुरुमा ( MCO ) जारी गरिएको बेला जसरी सडकमा अवरोधहरू खडा गरिएको थियो त्यसरिनै पुनः गरिनेछ्।क्वालालम्पुरका पुलिस प्रमुख र सेलाङ्गर प्रहरी प्रमुखद्वारा पुलिस अफिसरहरू खटाउने निर्देशनहरू मिलाइनेछ,” उनले सञ्चारमाध्यम संग भने।

यसैबीच, डिफेन्स फोर्सका प्रमुख जनरल तान श्री अफेन्डी बुआङ्गले भने कि , मलेसियाली सशस्त्र बल (एम.ए.एफ) ले पहिलेजस्तै सडक अवरुद्ध गर्न प्रहरीसँग मिलेर काम गर्ने छ। “एमएएफ र पुलिसले पहिले गरेजस्तै गर्नेछन्,” उनले छोटकरीमा भने।

यस अघि वरिष्ठ रक्षामन्त्री (सुरक्षा समूह) दातुक श्री इस्माईल साब्री याकोबले घोषणा गरे कि सरकारले सेलांङ्गर , क्वालालम्पुर र पुत्राजायामा अक्टोबर १४ तारिख देखी २७ तारिखसम्म शसर्त सिएमसीओ लागू गर्न सहमत भएको छ। प्रधानमन्त्री तान श्री मुहिद्दीन यासिनको अध्यक्षतामा बसेको विशेष राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा स्वास्थ्य मन्त्रालयसँग परामर्श गरेपछि,केलाङ् , पेटालिङ् र गोम्बाक जिल्लामा कोरोना भाइरस संक्रमणको वृद्धिलाई ध्यानमा राखेर निर्णय भएको हो।[ Source: Bernama ]