दुई निसुल्क हवाई टिकट सहित जनउद्धार केन्द्र मलेसिया द्वारा सात नेपालीको उद्धार ।

अबैध रुपमा बसोबास गरेको तथा mco उलंघन गरेको आरोपमा पक्राउ परि जेल जीवन बिताइरहेका तथा घरफिर्ती केन्द्रमा रहेका सात जना युवाहरूलाई आज हिमालयन एअरलाइन्स को फ्लाइट मार्फत जनउद्धार केन्द्रले उद्वार गरी स्वदेश फर्काएको छ ।

स्वदेश फर्कने हरुमा सप्तरीका अनिल कुमार रजक र श्याम सुन्दर सदा , गुल्मिका गंगा बहादुर बस्बेत , बाँकेका गिरिजा प्रसाद महतो , राकेश यादब र राजुनाथ योगि र संखुवासभाका राजेन्द्र बहादुर सिंङ रहेका छन ।

जनउद्धार केन्द्रका अध्यक्ष केशु थापा का अनुसार विभिन्न जेल तथा घरफिर्ती केन्द्रमा निरन्तर भिजिट गरी त्याहा रहेका नेपालीहरुको अबस्था बुज्न सहज नभए पनी निरन्तर फलोअपको कारण आज सात जन युवा मातृभुमी फर्काउन सफल हुनुभयो भएकोमा खुसि ब्यक्त गर्नुभयो ।

जनउद्धार केन्द्रका उपाध्यक्ष रुप बहादुर टन्डन (भरत) ले उपलब्ध गराएको सहयोग रकम र घुम्टे युवा परिवार जापान साखाले गरेको सहयोग रकम बाट दुइटा टिकट खरिद गरिएको र बाँकी टिकटहरु संबंधित ब्यक्तिहरु कार्यरत कम्पनी संगको सहकार्यमा पिडितहरुलाई उपलब्ध गराइएको हो ।

नेपाल फर्कदै गरेका उनीहरुले स- साना गल्ति गर्दा यसरी कष्टकर जेल जीवन भोग्नुपरेको बताउदै यस्तो गल्ती कसैलेपनी नदोहोर्‍याउन मलेसियामा रहेका नेपाली समुदाय लाई अनुरोध गरेका थिए । फिर्ता हुनेहरू मध्य केही बैधानिक हुदाहुदै पनि मलेसिया सरकारले कोभिड19 को रोकथाम को लागि जारि गरेको Movement Control order ( MCO) को उलंघन गरेबापत जेल सजाय भएको थियो ।।