नयाँ मुख्यसचिवमा शंकरदास बैरागी, युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत बनाउने सरकारको निर्णय

 काठमाडौं ।  सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको हो । 

त्यसैगरी सरकारले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गरेको छ ।

अर्थमन्त्रीबाट बाहिरिएलगत्तै सरकारको अर्थ सल्लाहकार बनाइएका खतिवडालाई  राजदूतमा सिफारिस गरिएको हो । 

मन्त्रिपरिषदले मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरेको छ।File Photo