क्वालालम्पुर ( मलेसिया ):= विगत दुई हप्ता अगाडिबाट विवादमा आएकाे गैर आवाशिय नेपाली संघ (एनआरएनए) मलेसियाकाे अध्यक्ष हरि भट्टराई र संघकै बरिष्ठ-उपाध्यक्ष सुन्दर आले मगर बिचको विवाद बिस्तारै साम्य हुँदै गैइरहेको छ। अध्यक्ष भट्टराईले स्थानीय प्रहरी चौकीमा दिइएको उजुरि फिर्ता लिने भएपछि उक्त विवाद साम्य हुँदै गएकाे हो।
एक नेपाली अनलाईन पत्रिकाले एनआरएनए मलेसियाका “अध्यक्ष हरि भट्टराई र कोषाध्यक्षले मिलेर एनआरएनए मलेसियाकाे श्रमिक कल्याणकारी काेषकाे रकम मिटरब्याजमा चलाएर फाईदा लिएकाे” भन्ने शिर्षकमा प्रकाशन गरेको आधारहीन र तथ्यहिन समाचारमा बरिष्ठ-उपाध्यक्ष सुन्दर आलेलाई काेड गरेर लेखे पछि , मेरो विरुद्धमा झुठो समाचार प्रकाशन गर्न लगाई चरित्र हत्या गर्यो भनेर छानबिन र आवश्यक कारवाहीको माग सहित अध्यक्ष भट्टराईले वरिष्ठ-उपाध्यक्ष आले बिरूद्व स्थानीय प्रहरि चौकीमा उजुरि हालेका थिए।

मलेसियामा रहेका विभिन्न सक्रिय संघसंस्था तथा नेपाली दूतावास मलेसियाको विशेष पहलमा दुई पक्ष बिच भएको बैठकमा सुन्दर आलेले आफुलाई समाचारकाे बिषयमा केही थाहा नभएकाे र उक्त समाचार प्रति आफुले केही नबाेलेकाे भन्दै समाचार प्रति खण्डन गरेपछि र आफू मिलेर सहमतिमा जाने कुरा आलेले बताएपछि अध्यक्ष भट्टराईले प्रहरीमा गरेको उजुरि फिर्ता लिने भएका हुन् स्रोतले बताए।
यहि अगस्ट २५ तारिक नेपाली दूतावासको कार्यालयमा दूतावासको पदाधिकारीहरुको राेहबरमा संघको अध्यक्ष हरि भट्टराई र वरिष्ठ-उपाध्यक्ष सुन्दर आलेले दुई पक्षीय सहमतिपत्रमा हस्ताक्षर गरेका हुन।




















