काठमाडौं := जहाज उडेको भए लालबहादुर शाही अहिले मलेसियाको सुपरमार्केटमा व्यस्त हुनुहुन्थ्यो । तर कोरोना महामारीका कारण उहाँ मलेसिया उड्नुभन्दा २० दिन अघि अन्तर्राष्ट्रिय उडान बन्द भयो । को’रोना महामारीले मलेसियाको रोजगारीमा फर्कन नपाएपछि बाजुराका २७ वर्षीय लालबहादुर देशभित्रै काम खोज्न थाल्नुभयो । विदेश पुगिहालेको भए पनि महामारीको समयमा के हुन्थ्यो हुन्थ्यो !
तर स्वदेशमै परिवारसँगै भएर निकै राम्रो भयो । आपतका बेला परिवारसँगै बस्न पाइयो । धनिया बेचेरै एक महिनाको अवधिमा झण्डै २० हजार रुपैयाँ कमाइ पनि गर्नुभयो। लकडाउन भएपछि काठमाण्डौ सहरबाट कतिपय व्यक्ति गाउँतिर लागे । कतिको रोजगारी गुम्यो । कतिपय आर्थिक संकटले गुज्रिए । तर लालबहादुरे भने यही समयमा देशभित्रै रोजगारीको लय समात्नुभयो ।
भन्नुहुन्छ, ‘आफ्नै देशमा आफ्नै हातले फलाएर बेच्दा भएको कमाइको त छुट्टै मज्जा आउँदो रहेछ नि।’ साँच्चै लालबहादुरलाई त्यति आनन्द त मलेसियामा महिनाको ७० हजार हात पर्दा पनि भएन, जति धनिया बेचेर २० हजार रुपैयाँ हात पर्दा भयो । घर बाजुरा भए पनि काठमाण्डौमा डेरामा बस्दै आएका लालबहादुरले परिवारसँग सल्लाह गर्नुभयो र देशमै केही काम थाल्ने निधोमा पुग्नुभयो ।
चिनजानकै भाइले कीर्तिपुरमा जग्गा भाडामा लिएर खेती गरिरहेका थिए । लालबहादुरलाई पनि जग्गा बाडामा लिएर तरकारी खेती गर्ने जोश चल्यो । भाइकोसँगै एक रोपनी जग्गा भाडामा लिनुभयो। सुरुवातमा के रोप्ने? दिमागमा आइडियो फुर्यो, धनिया छर्ने । दुई आनाजति जग्गामा चार रुपैयाँको धनियाँको बीउ ल्याएर छर्नुभयो । धनियाँले कमाइ हुन्छ भन्ने त लागेको थिएन, तै पनि जग्गा खाली हुँदैन त्यसपछि अरु तरकारी लगाउने भन्ने उहाँको सोच थियो ।
तर अचम्म भयो, त्यति धेरै आश नगरी छरेको धनियाले लालबहादुरलाई सोच्दै नसोचेको हौसला मिल्यो । असार १० गतेतिर छरेको धनियाबाट साउनको अन्तिमसम्म २० हजार रुपैयाँ हात पर्यो । नगद पो २० हजार रुपैयाँ त, लालबहादुरलाई यो कामले हिसाब नै गर्न नसकिने हौसला दिएको छ । ‘धनिया मज्जाले उम्रियो र सप्रियो पनि, सबैतिर लकडान थियो, म मास्क लगाएर, आफू सुरक्षित भएर नै बेच्न निस्कथें’
लालबहादुर आफ्नो अनुभव सुनाउनुहुन्छ, ‘कतिपय पसलले अर्डर नै गर्थे, कतिपय त आफैंले बेचेँ, लकडाउन भए पनि बेच्न गाह्रो भएन ।’ असार १० गतेतिर छरेको धनिया बाट साउनको अन्तिमसम्म २० हजार रुपैयाँ हात पर्यो । नगद पो २० हजार रुपैयाँ त, लालबहादुरलाई यो कामले हिसाब नै गर्न नसकिने हौसला दिएको छ । विस्तृतमा उज्यालो अनलाइनमा खबर छ ।



















