क्वालालम्पुर ( मलेसिया ):= गैर आवाशिय नेपाली संघ ( NRNA ) मलेसियाको अध्यक्ष हरि भट्टराई र उपाध्यक्ष सुन्दर आले मगर बिचको विवाद यतिबेला सामाजिक संजाल फेसबुकमा र मलेसियामा व्यापक चर्चाको बिषय बनेको छ।
गैर आवाशिय नेपाली संघ मलेसियाको अध्यक्ष हरि भट्टराईले संघकै उपाध्यक्ष सुन्दर आले मगरको विरुद्ध पक्राउ गर्न स्थानीय प्रहरीमा उजुरी दिईएको कुरा खुल्नमा आए लगतै उपाध्यक्ष सुन्दरले आफु अध्यक्ष भट्टराई संग मेलमिलापको बाटो तय गरेर दुई पक्षीय छलफल गरेर, मिलेर अगाडि बढ्ने बताएका छ्न।
उपाध्यक्ष सुन्दरले आज अगस्ट २३ तारिख २०२० को दिन पुनः एक प्रेस बिज्ञप्ति जारी गर्दै लेखेका छ्न, ” एनआरएनए मलेसियाको अध्यक्ष र कोषाध्यक्षले श्रमिक कल्याणकारीणि कोषको पैसा मिटर ब्याजमा लगाएको आरोप ” शीर्षकमा एक नेपाली न्युज पोर्टलमा समाचार प्रकाशित भएको बिषयलाई लिएर अध्यक्ष भट्टराईले आफु विरुद्ध स्थानीय प्रहरी चौकीमा उजुरी दिइएको कुरा थाहा पाएको छु । जब कि मैले पहिलादेखिनै भन्दै आएको छु कि आफु उक्त समाचारमा संलग्न नभएको स्पष्ट पार्दै म बाट संस्था लाई आच आउने कुनै किसिमको कार्य नभएको फ़ेरि पनि जानकारी गराउदछु।
संस्था भित्रको समस्या संस्था भित्रै छलफल गरेर सुल्झाउनको लागी माग प्रशस्त गर्न एवम् सफल नेतृत्वको भुमिका खेलेर हामी दुबै आबद्ध संस्थाको गरिमा जोगाउन उक्त उजुरी फिर्ता लिनुहुन विनम्र अनुरोध गर्दछु । किनकि हाम्रा समस्या र असमझदारी सुल्झाउन हामी आफैं सक्षम छौँ । उपाध्यक्ष सुन्दरले आफ्नो बिज्ञप्तिमा उल्लेख गरेको छ।


र अन्त्यमा उपाध्यक्ष सुन्दरले लेखेका छ्न,”संघको बिधान मर्म र भावनाअनुरुप संस्थालाई एक्क ढिक्का बनाई मलेसियामा रहेका नेपालीको सेवा र सहयोग गर्दै , सदाझै सबैसंग मिलेर अगाडि बढ्ने प्रतिबद्धता गर्दछु ।”
यसअघि उपाध्यक्ष सुन्दरले आफ्नो जिवन रक्षाको माग सहित फेसबुकमा स्टाटस पोस्ट गरेका थिए । उनले अहिलेसम्म आफुलाई प्रत्येक्ष अप्रत्येक्ष रूपमा साथ र सहयोग गर्नुहुने सम्पुर्ण प्रति धन्यवाद समेत ज्ञापन गरेका छ्न।
संघकै पूर्व महासचिव समेत रहेका सुनिल चालिसेलाई “मिटर ब्याज” कै समाचारमा संलग्न रहेको आरोपमा अध्यक्ष भट्टराईले मलेसियन प्रहरीमा दिइएको उजुरीको आधारमा प्रहरीले चालिसेलाई पक्राउ गरि छानबिनको लागी ७ दिन हिरासतमा राखे पश्चात् रिहा गरिदिएको स्रोतले बताएका छ्न।
यता ” मिटर ब्याज ” लगायत सम्बन्धित विवादित बिषयवस्तु अन्तर्गत रहेर एनआरएनए मलेसियाको अध्यक्ष हरि भट्टराई संग मलाया खबरले टेलीफोन मार्फत सम्पर्क गरेर बुझ्दा , संस्थाको पदाधिकारीहरुको निर्णय अनुसार दुई पक्षिय बिच वार्ताको लागी बारम्बार मिति तोकेर बैठक बोलाउदा सुन्दर आले उपस्थित नहुने गरेको आरोप अध्यक्ष भट्टराईले लगाएका छ्न।

अध्यक्ष भट्टराईले टेलीफोन सम्वादमा भने , गत महिनानै सुन्दर आलेलाई धेरै पटक वार्ताको लागी बोलाइयो आउनु भएन ,पछि जुलाई २३ तारिखको नेपाली दूतावासमा आउनुस बसेर वार्ता गरौंला भन्दा पनि आउनु भएन त्यसपछि पुनः जुलाई २८ तारिख आफ्नै कार्यालयमा बैठक बसौं भनेर बोलाउदा पनि उपस्थित हुनु भएन , त्यस पश्चात् यहीँ अगस्ट महिनामै कोरोनाको माहामारीलाई मध्यनजर गर्दै जुम भर्चुअल मार्फत बसेको पदाधिकारीहरुको बैंठकमा पनि उपस्थित हुन भनेको तर त्यो दिन पनि उपस्थित हुनु भएन यसमा मेरो गल्ती के त ? अब एक त झुठो झुठो आरोप लगाएर समाचार लेख्न लगाई चरित्र हत्या गर्ने , साईबर अपराध गर्ने , अनि आउनुस बसेरै छलफल गरौं भन्दा मेरै विरुद्धमा बकम्फुसे,आधारहिन स्टाटस फेसबुकमा पोस्ट गर्ने अनि म कानुनी उपचारमा नगएर के गर्नु त ? भन्ने प्रश्न भट्टराईले गरेका छ्न ।
अध्यक्ष भट्टराईले आफु अझैपनि सहमतिय वार्ताको लागी तयार रहेको बताए। सुन्दर आलेले फेसबुकमा बिज्ञप्ति जारी गर्नु भन्दा पनि एनआरएनएको ग्रुप च्याटमा स्पष्टीकरण सहितको आफ्नो धारणा राख्नुपर्ने अथवा सम्बन्धित निकायमा उपस्थित भैइ वार्ताको बातावरण बनाई समस्याको समाधान गर्न सकिने अध्यक्ष भट्टराईको भनाईरहेको छ।



















