सेक्युरिटी गार्ड कुटिएको घटनाबारे प्रहरीले अनुसन्धान तीव्र पार्यो/जानकारी हुनेले सहयोग गरौं।

क्वालालम्पुर ( मलेसिया ):= मलेसियाको क्वालालम्पुरमा  अवस्थित पार्किङ लटमा एकजना सेक्युरिटी गार्ड माथी गरिएको कुटपिटको घटना माथी स्थानीय प्रहरीले छानबिनको प्रक्रियालाई तिब्रता दिएको छ।

स्थानीय सञ्चार माध्यम बर्नामासंगको कुराकानीको क्रममा वांग्सा माजुका प्रहरी प्रमुख सुपरिटेन्डेन्ट रजब अहद इस्माइलले भने कि,” घटना एकदमै अमानवीय र अपाच्य हुन। घटनाबारे छानबिन गर्दैजादा जुलाई ७ तारिख घटेको उक्त घटना जालान मदर्सा वांग्सामाजुमा रहेको एक कण्डोमिनियममा एकजना पाकिस्तानी र नेपाली सेक्युरिटी गार्ड कार्यरत रहेको र कुटपिट गर्ने सेक्युरिटी सुपरभाइजरको ड्रेस लगाएको चाहि मलेसियन भारतिय रहेको अनुसन्धान वाट खुल्नमा आएको छ।

प्रहरी प्रमुख सुपरिटेन्डेन्ट रजब अहद इस्माइलले थप बोल्दै भने , ” यो घटना मलेसियन कानुन अनुसार सेक्सन ३२४ प्यानलकोड अन्तर्गत रहेर छानबिन गर्दैछौं र यस घटनामा संलग्न सबैलाई खोजि गरिरहेको छौं , दोषि जो कोहि भएपनि कानुन अनुसार कारवाही गर्नेछौं , साथै भिडियो भित्र कुटाइ खाने पीडितले अझैसम्म पुलिस रिपोर्ट दर्ता गर्न सकेको छैन। त्यसैले कुन सेक्युरिटी कम्पनी हुन र स्पष्ट को को ब्यक्ति घटनामा संलग्न हुन भन्ने बारे यकिन पहिचान हुन नसक्दा छानबिन गर्नमा अप्ठ्यारो भैइरहेको बताए।

प्रहरी प्रमुख रजबले घटना सम्बन्धी सूचना कसैसंग भएमा छानबिन समितिका अधिकारी इन्स्पेक्टर शाहरुल अज्जुआन शरोमको मोबाईल नम्बर +६०१६२०१४३३४ वा वरिष्ठ अनुसन्धान अधिकारी उपरिक्षक स्टीफन गनेसनको मोबाईल नम्बर +६०३७६७३९० , क्वालालम्पुर पुलिस हटलाईन नम्बर ०३२११५९९९९ अथवा नजिकको प्रहरी चौकीमा खबर गरि सहयोग गर्न आग्रह गरेको छ।

घटना बारे आवश्यक अनुसन्धान गरि दोषिलाई कारवाहि र पीडित लाई न्याय दिलाउन माग सहित अहिलेसम्म प्रहरीचौकीमा दुईवटा पुलिस रिपोर्टहरू दर्ता गरिएको जनाएको छ। एउटा रिपोर्ट मलेसियाको सुरक्षा गार्ड उद्योग संघ (PIKM) द्वारा दर्ता गरिएको छ्न भने अर्को दोस्रो रिपोर्ट क्वालालम्पुर स्थित नेपाली दूतावासले गरेको जनाएको छ।