मलेसियामा कार्यरत नेपालीले तेह्रथुम जील्ला लालिगुरास नगरपालिका ७ चामचिमका मृगौला पीडित प्रकाश राना मगरलाई आर्थिक सहयोग सङ्कलन गरि हस्तान्तरण गरेका छ्न।
मलेसियामा सहयोग अभियान चलाई स्वईच्छाले विभिन्न क्षेत्रमा कार्यरत नेपालीले सहयोग गर्नुभएको थियो । साथै समय समय मा भिन्न समस्यामा सहायता पुर्याउदै आएको तेह्रथुम मलेसिया सम्पर्क मन्चले पनि सङ्गठनको तर्फबाट रु १२,००० र समिति सदस्यको तर्फबाट स्वइच्छाले सहयोग संकलन गरि हस्तान्तरण गरेका हुन।
छोटो समयाबधिमा सामाजिक संजाल फेसबुकमा पोष्ट गरेको आधारमानै सहयोग संकलन भएको मा अभियानता महेन बस्नेतले खुशी ब्यक्त गर्दै सहयोग गर्नुहुने सबै सहयोगीहरु धन्यवाद दिनुभयो।
मलेसियामा सङ्कलन गरिएको जम्मा पैसा ३९२८ रिङ्गेट नेपाली रु १,०८,५४६( एकलाख , आठ हजार पाच सय छयालिस ) मृगौला पिडितका बुबालाई सहयोग समिति सम्योजक ( समाज सेबी , बुद्दिजीबी) भक्त राना ज्यु र ला.न.पा. ७ वडा वडा अध्यक्ष देबेन्द्र खड्का बाट पीडित परिवार लाइ हस्तान्तरण भएको रमेस बस्नेत ले जानकारी दिनुभयो ।
मलेसियामा झै अन्य देशबाट पनि पिडितलाई सहयोग सङ्कलन भई रहेको सहयोग समिति का संयोजक समाजसेवी भक्त रानाले जानकारी गराउनु भएको छ। मृगौला ट्रान्स्प्लान्टको सम्पुर्ण तयारी भए पनि लकडाउनका कारण ढिलाई भईरहेको कारण बीरामीले अरु पीडा खेप्नु परिरहेको जानकारी गराउदै पीडित को लागी मृगौला पिडितका बुबाले दिने तयारी रहेको उहाले जानकारी दिनुभयो।



















