[ तिलोचन गौतम ]
क्वालालम्पुर ( मलेसिया ):= नेट्वर्किङ व्यावसायको ठगीमा गैरआवासिय नेपाली संघ मलेशिया लाइ समेत बदनाम हुनेगरी बदनियतपुर्ण प्रतिसोत राखी समाचार हरु बाहिर आएका भन्दै गैरआवासिय नेपाली संघ मलेसियाका अध्यक्ष हरि भट्टराईले समाचार प्रती आपत्ति जनाएका छन।
गैरआवासिय नेपाली संघ मलेशिया (NRNA) का अध्यक्ष हरि भट्टराईले सामाजिक संजाल फेस्बुक मार्फत NRNA मलेशियाका महासचिव तथा ICC पदका सदस्यको नाम सङै NRNA मलेशिया लाइ जोडिएको भन्दै आफ्नो फेसबुक स्टाटस मार्फत एउटा ब्याक्ती लाइ लिएर गरिमामय सस्था लाइ उल्लेख गर्दै समाचार आएको भन्दै आपत्ति जनाएका हुन।
उनले लेखेका छन मलेशिया NRNA को नाम जोडेर यहाँ नेटवर्किङ गर्ने र श्रमिकहरुलाई ठग्ने जो कोहीलाई पनि हामी कार्बाही गर्ने छौ कार्बाही को लागी NRNA NCC malaysia को केन्द्रिय कार्यालय ( 1-053,Level 1, Millennium Square, Dataran Millennium, Jalan 14/1 Seksyen 14 46100 Petaling Jaya ) मा अथवा सिधै अध्यक्ष भट्टराई लाइ +60163460600 नम्बर मा सम्पर्क गरी ठगीमा परेका श्रमिकले उजुरी गरिदिन अनुरोध गर्दै स्टाटस लेखेका छन। कोभिड १९ का कारण समस्यामा परेका हजारौं श्रमिकको उद्वार मा लागिरहेको NRNA मलेशिया लाइ बदनियत पुर्ण समाचारमा जोडिएको भन्दै मिडियामा आएका समाचार प्रति अध्यक्ष भट्टराईले आपत्ति जनाएका हुन ।
ठगिको आरोप लागेका NRNA मलेशियाका पधादिकारि सङ सम्पर्क गर्दा आफुहरुले प्रत्यक्ष बस्तु बिक्री कानुन संबंत रहेर गरेको र बदनियत पुर्ण नियत ले प्रतिसोतको भाबना राखी आफ्नो स्टाटस मा दाग लगाउने काम मात्रै भएको बताउदै आफुहरु गलत साबित भए कानुन बमोजिम जस्तोसुकै पनि सजायको भागिदार बन्न तत्पर रहेको बताए ।
नेटवर्ककिङ ब्यबसायले मलेसियामा ठगी गर्दै आएको यो पहिलो घटना भने हैन , पटकपटक नेपाली श्रमिक ठगिमा परेका गुनासा आइरहेका हुन । नेपाल सरकार ले नेपाल मा नेटवर्ककिङ ब्यबसाय लाइ कानुनी मान्यता दिएपछी अझै स्वस्फूर्त श्रमिक हरु ठगिमा पर्नथालेका गुनासा पटकपटक मिडियामा सार्बजनिक हुदैआएका छ्न।
समग्र नेपाल तथा बिदेशमा मान्यता पाएका नेपालि नेटवर्ककिङ ब्यबसायले अधिकम्स संबंधित मुलुकमा श्रम गर्ने नेपाली हरुलाइ मुख्य ग्राहक बनाइरहेको पाइएको छ । नेपाली बस्तुको बिस्व बजारीकरण गरेको दावा गर्ने नेटवर्ककिङ व्यावसायिहरुले बिदेसी मुलका मानिस हरुलाइ सम्लग्न गराउन सकिरहेका छैनन् जहाँ नेपाली हरुको उल्लेखनीय सङ्ख्या छ त्यहीँ मात्रै अहिले ति ब्यबसाय हरु फस्टाउदै गएको पाइएको छ।
साधारण तय नेपालमा कम मुल्यमै पाइने बस्तुहरु नेपाली व्यावसायिक बिक्रेता द्वारा बिभिन्न प्रलोभन मा परि महङ्गो मुल्यमा नेपालीहरुलेनै खरिद गर्नुपर्ने र बिदेशी नागरिक हरुको कमै मात्रामा सम्लग्नता भएकाले देशको आर्थिक स्थितिलाइ नेपाली उत्पादनले सघाउ पुर्याउछ भन्ने भान मात्रै परेको विश्व बजारिकरण को नारा बोकेर सोझासाझा श्रमिक लाइ ठगी गरिरहेको जानकारहरु बताउछन।




















