समाचारको प्रभाव: नेपाली दूतावास मलेसिया र NRNA को सहयोगमा अलपत्र ५ नेपाली स्वदेश फर्किए।

[ आरएन चौधरी थारु ]


क्वालालम्पुर ( मलेसिया ):= बिगत ४ महिनादेखि काम गर्ने कम्पनी बन्द भएर , भिसाको अवधी सकिएर स्वदेश फर्किने तयारीमा रहेका तर विभिन्न प्राविधिक कारणबस फर्कन नपाएर मलेसियामा अलपत्र परेका ५ जना नेपाली कामदार अन्ततः आज स्वदेश फर्कन सफल भएको छ।

रोजगारीको सिलसिलामा मलेसियाको पेनाङ राज्यमा अवस्थित ( Akoma cable and metal SDN.BHD ) कम्पनीमा कार्यरत नेपाली कामदारहरु हिरा सिंह गङ्गौरा थारु , दयानन्द चौधरी , सन्जित कुमार साह , मोहम्मद रजिबुल , नेब बहादुर खत्री स्वदेश फर्किन नपाएर अलपत्र परेका थिए।

हुन त सधैंको लागी बन्द भएका कम्पनीले पाँचै जनालाई स्वदेश फर्काउनलाई एयरलाइन्सको टिकट पनि २ पटक खरिद गरेर सम्पुर्ण आवश्यक कानुनी प्रक्रिया पूरा गरेर केयलआइए अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याएको थियो तर कोरोना माहामारीको कारण जारी लकडाउनले फ्लाइट क्यान्सिल भएर स्वदेश फर्किने सपना तुहियो र यतै ४ महिनादेखि अलपत्र बस्न बाध्य भएको दु:खेसो मलाया खबरसंग पोखेका थिए ति कामदारहरुले।

लामो समयको रसाकस्सी पश्चात् मलेसिया स्थित नेपाली दूतावासको द्धितिय सचीव महेश त्रिपाठीको विशेष पहलमा र दूतावासकै जनसम्पर्क अधिकृत टेक बहादुर बुढा लगायतको सहयोगमा कम्पनीका एजेन्टले आज जुलाई १२ तारिख आइतबारको दिन मलेसिया बाट नेपाल सम्मको लागी हुने हिमालयन एयरलाइन्सको चार्टर्ड विमानको टिकट ३ जनाको लागी खरिद गरेर सहयोग गर्न राजी भए र बाँकी २ जनाको लागी सधैं श्रमिककै हकहितको लागी काम गर्दैआइरहेका गैर आवाशिय नेपाली संघ ( एनआरएनए) मलेसियाले टिकट खरिद गरिदिएर , कोरोना टेस्ट गराएर स्वदेश फर्किने बाटो खुल्ला गरिदिएर उनीहरु आज स्वदेश फर्कन सफल भएका हुन।

स्वदेश फर्कन पाएका ५ जना नेपालीहरुले मलाया खबरसंगको टेलिफोन संबादमा बोल्दै भने , ” यस् कोरोना माहामारीको समयमा पनि हामी नेपालीहरुलाई स्वदेश फर्कन सहयोग गर्ने मलेसिया स्थित नेपाली दूतावास , एनआरएनए मलेसिया समिती र विशेष एनआरएनए अध्यक्ष हरि भट्टराई लाई धन्यवाद ज्ञापन गर्दछु, उनीहरुले भने ।”

ति ५ जना नेपालीहरुलाई बिगत ४ महिनादेखि मलेसियामा नेपाली दूतावास , एनआरएनए त्यसैगरी सुदुरपश्चिमेली नेपाली समाज,नेपाली कलाकार संघ पेनाङ,प्रवासी थारु सेवा समाज लगायतको संघसंस्थाले सक्दो आर्थिक संगै खानाको लागी खाद्यान्न सामाग्री सहयोग गर्दैआएका थिए। केहिदिन अगाडि मात्रै ति नेपालीहरुले उद्धार गरि स्वदेश फर्काइदिनुहुनको लागी दूतावास र एनआरएनए समक्ष सहयोगको याचना सहित पत्र बुझाएका थिए।