क्वालालम्पुर ( मलेसिया ):= भिजिट भिसामा मलेसियामा आएर अलपत्र परेका विदेशीहरु अध्यागमन बिभाग ( इमिग्रेसन ) मा गएर सम्पर्क गरेर स्वदेश फर्कन पाउने भएको छ।
मलेसियाको वरिष्ठ रक्षामन्त्री दातुक श्रि इस्माईल साबरी याकोबले स्थानीय सञ्चारमाध्यमसंगको कुराकानीको क्रममा भने कि , ” भिजिट भिसामा जो विदेशीहरु मलेसियामा घुम्न आएका थिए , जसको भिसा मलेसियामा मार्च १८ तारिखदेखि जुन महिनाको ९ तारिखसम्म जारी आवागमन नियन्त्रण आदेश (MCO) अवधि भित्रमा समाप्त भएको थियो,उनिहरु अध्यागमन कार्यालयहरूमा उपस्थित भएर आफ्नो भिजिट पासलाई विस्तार गर्न र स्वदेश फर्किन आवश्यक पर्ने कागजात बनाउन सकिनेछ्न उनले भने।”
वरिष्ठ मन्त्री याकोबले यो पनि भने कि , विदेशीहरू जसको सामाजिक भ्रमण ( भिजिट भिसा ) जुन १० तारिखदेखि आगामी महिना अगस्ट ३१ तारिखसम्म जारी गरिएको रिकभरी आवागमन नियन्त्रणमा आदेश ( आरएमसीओ ) को अवधिमा समाप्त भएको छ , तिनीहरू सिधा एयरपोर्टमा गएर आ-आफ्नो देश फर्कन पाउनेछ्न। स्थानीय पत्रीका द-स्टारले समाचारमा उल्लेख गरेकाछ्न।
त्यसका लागि आरएमसिओ सकिएको १४ दिनभित्र यो स्वदेश फर्कने कार्य गर्न सकिने प्रक्रिया अगाडि बढाउन सकिने मन्त्री याकोबले बताए।
गत हप्ता पनि वरिष्ठ रक्षामन्त्री दातुक इस्माईल साबरी याकोबले भनेका थिए कि ,एमसिओ अवधीभित्रमा म्याद सकिएका तर पहिलाको भिसा भएका विदेशीले रिकभरि एमसीओको समयमा आफ्नो भिसा नवीकरण (नयाँ भिसा थप) गर्न मिल्ने भनेका थिए। किनकि अहिले अध्यागमन कार्यालयहरू पुर्णरुपमा खुला रहेको छ , त्यसैले जो मलेसियामा अझै लामो समयसम्म बस्न चाहान्छन भने तिनीहरुले आफ्नो नयाँ भिसा थप गर्नसक्नेछ्न।
गैरकानुनी आप्रवासीहरूका बिरूद्ध हालैका अभियानमा पक्राउ परेका केही भारतीय पर्यटकहरू पनि थिए जसको भिजिट भिसाको अवधी समाप्त भइसकेका थिए ।
अघिल्लो एमसीओको बखत जहाँ अध्यागमन कार्यालयहरू बन्द थिए, उनीहरूको भिसा समाप्त भयो भने उनीहरूले आफ्नो स्वदेश फर्कनको लागि किनेको एयरलाइन्सको टिकट देखाउँनु पर्थ्यो अनि अध्यागमनले पक्राउ गर्दैन्थ्यो , तर तिनीहरु भिजिट भिसामा मलेसियामा प्रवेश गरेर सैलुन,रेस्टुरेन्ट लगायतको सेक्टरमा काम गर्न थालेको भेटिएर पक्राउ गरिएको स्पष्ट पारे । यस्तो कार्य मलेसियाको कानुन बिपरित रहेकोले घटनाबारे छानबिन गरि दोषीलाई आवश्यक कारवाही गरिने मन्त्री याकोबले बताए।




















