क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरस(कोभिड -19) को संक्रमणले अहिलेसम्म १ सय २१ जना मानिसको मृत्यु भएको छ।
मलेसियाली स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार मलेसियामा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय १५ जना रहेको छ,जसमध्ये ७ हजार ८ सय ७३ जना उपचार सकिएर निको भैइसकेको छ्न भने ५ सय २१ जना मात्रै निको हुन बाकी अस्पतालमा उपचाररत रहेको जनाइएकोछ। मलेसियाले कोरोनालाई लगभग जितिसकेको स्वास्थ्य मन्त्रालयको महानिर्देशक दातोक डाक्टर नुर हिसाम अब्दुलाहले जनाएको छ्।
स्थानीय नागरिकसंगै मलेसियामा अहिलेसम्म ८१ जना नेपाली श्रमिकमा समेत को’रोना भाइरसको संक्रमण देखिएको थियो। ८१ जनामध्ये लगभग सबैजसो निको भएको मलेसियामा रहेको नेपाली दूतावासका द्वितीय सचिव महेश त्रिपाठीले बताउनुभयो।
द्वितीय सचिव त्रिपाठीले भनेअनुसार दुई हप्ता अघि नै सङ्क्र’मित ८१ मध्ये ४८ जना पूर्ण रुपमा नि’को भएको र ३३ जना निको हुने चरणमा रहेका थिए । पछिल्लो दुई हप्तामा कुनै कोही पनि नयाँ स’ङ्क्रमित नभएको र निको हुने चरणमा रहेका ३३ जना पनि निको भैइसकेको आधिकारिक सूचना दूतावासलाई नआएपनि अनुमान गर्नसकिने ठाउँ प्रशस्तै रहेको त्रिपाठीले भन्नुभयो। ‘
मलेसियामा सुरुवाती चरणमा को’रोना सङ्क्रमण छिटोछिटो बढ्दा नेपाली श्रमिक पनि त्यसबाट प्रभावित भए। तर खाडीका देशको तुलनामा मलेसियामा को’रोनाबाट कम सङ्ख्यामा नेपाली सङ्क्रमित भए । नेपालीको श्रम गन्तव्य देश यूएई, साउदी, कतार लगा यतका देशमा केही नेपालीको कोरोनाको कारण ज्यान पनि गयो । तर मलेसियामा सङ्क्रमित सबैले सजिलै कोरोना जितेको र कसैको पनि ज्यान नगएको दूतावासका द्वितीय सचिव महेश त्रिपाठीले बताउनु भयो ।




















