मलेसियाबाट नेपाल फर्कन टिकटको मुल्य रु.६३ हजार/मुल्य विरुद्ध चौतर्फी आलोचना।

आरएन चौधरी थारु ,,


क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कार्यरत नेपालीहरुलाई नेपाल फर्काउने उद्दार कार्य सोमबार देखि सुरु हुने भएको छ।

नेपाली दूतावास क्वालालम्पुर मलेसियाले एक सुचना जारी गर्दै स्वदेश फर्काउने प्रक्रिया सुरु भएको जनाएका छ्न।
पहिलो चरणमा ४ वटा चार्टर्ड उडान मार्फत जुन ( Jun ) महिनाको १५ तारिखदेखि १८,२० र २१ तारिखको दिन उद्दार गरिने मलेसियाकालागि नेपाली राजदुत उदयराज पाण्डेले बताउनुभयो। दूतावासले जनाए अनुसार हवाई टिकटको मुल्य अमेरिकी डलर ५ सय २० , मलेसियन रिंगेट करिब २ हजार २ सय २० आरएम , नेपाली रुपैयाँ ६२ हजार बढि नेपाल् सरकारकै निर्णयमा तोकिएको हो।

मलेसियन सरकारले मलेसियामा पहिलैदेखी अबैधानिक रुपमा रहेर काम गरिरहेकोहरु लाई फर्काउन कुनै कदम चालेको छैन , खोलेको छैन । त्यसैले दूतावासको प्राथमिकतामा परेका नेपालीहरु मात्रै नेपाल एयरलाईन्स र हिमालयन एयरलाईन्सको टिकट किनेर स्वदेश फर्किन पाउनेछ्न । प्राथमिकताको सुची दूतावासले उडान अनुसार क्रमशः रुपमा वेबपेजमा समेत प्रकाशन गर्ने जनाएकाछ्न। फर्कन चाहने नेपालीहरुले दूतावासले आफ्नो वेबपेजमा जारी गरेको फारम भर्नु पर्ने बताएका छ्न।

[ मलेसिया स्थित नेपाली दूतावासले जारी गरेको सुचना ]

फर्कन चाहने यात्रुको कोरोना भाइरस ( कोभिड -19 ) को परिक्षण गरिएको नेगेटिभ रिपोर्ट अनिवार्य साथमा हुनुपर्नेछ्न।
परिक्षण आफू बसोबास गर्ने नजिकैको क्लिनिक अथवा अस्पतालमा गएर गर्न सकिने बताएका छ्न। त्यस बापतको लाग्ने खर्च , हवाई टिकट खर्च , होटल क्वारेन्टाइनमा बस्दा लाग्ने खर्च , लगायत स्थानीय तहमा जानको लागी लाग्ने यातायात खर्च पनि स्वयंम कामदार आफैंले ब्यहोर्नुपर्ने , तिर्नुपर्नेछ्न।

यता नेपाल सरकारले तोकेको टिकटको मुल्य धेरै महङ्गो भयो भनेर स्वदेश फर्किने नेपालीहरुले समाजिक संजाल मार्फत तिब्र बिरोध जनाइरहेको छ।
फर्कने नेपालीहरु भन्छ्न उद्दार गर्छु भन्ने र ७,८ सय पर्ने टिकटको मुल्य २२ सय सम्म लिने ? यस्तो नि उद्दार हुन्छन् भन्दै सरकार माथी आक्रोश पोखिरहेको छ।
करिबकरिब ३ महिनादेखि लकडाउनको कारण अलपत्र अवस्थामा बसेर खानपिनको समेत समस्या झेल्दै बसिरहेको बेला , कसरी ? कहाँ बाट २२ सय मुल्य पर्ने टिकट किन्ने ? फर्कने नेपालीहरुले सरकारसंग प्रश्न गरिरहेको छ।

मलेसियामै रहेका नेपाली श्रमिकको हकहितको लागि कामगर्दै आईरहेका नेपाली संघसंस्थाका अगुवाहरुले समेत सरकारले चार्टर्ड उडान मार्फत नेपालीहरुलाई उद्दार गर्ने नाममा लुटतन्त्र मचाईरहेको आरोप लगाउदै चौतर्फी आलोचना गरिरहेकाछ्न।