श्रमिकमैत्री बन्दै गैर आवासीय नेपाली संघ(NRNA)मलेसिया।

तिलोचन गौतम ,,
क्वालालम्पुर ( मलेसिया ):= कोरोना भाइरस (कोभिड 19) ले विस्वभरी नै महामारी फैलाइरहेको यो बिपत घडीमा मलेसिया स्थित गैर आवासीय नेपाली संघ ( NRNA ) मलेसियाले समस्यामा परेका श्रमिकहरुका गुनासो सुन्ने र समाधान गर्ने भएका छ्न ।

मलेसियामा जारी एमसिओ र नेपालमा जारी लकडाउनले खाद्यान्न अभाव झेलिरहेको तथा बिरामी भएका असक्त अपाङ्ग भएका र कम्पनिले हेरचाह नगरेका नेपाली श्रमिकहरु लाई समस्या परे खबर गर्न संघले अनुरोध गरेका छ्न। गैर आवसीय नेपाली संघ मलेसिया मलेसिया सरकारको कानुन बमोजिम अहिलेसम्म दर्ता हुन नसकेता पनि मनोनित सदस्यको रुपमा रहेका हरि भट्टराई अध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि मलेसियामा कार्यरत श्रमिकहरुलाई आईपर्ने समस्या र तिनको दीर्घकालीन समाधान गर्न भट्टराई आफैंले श्रमिक कल्याणकारी कोष स्थापना गरि ५० हजार रिंगेट दान गरेर कोषको सुरुवात गरेपछी पछिल्लो समय गैर आवसीय नेपाली संघ मलेसिया श्रमिक मैत्री बन्दै गएको छ।

साथै पछिल्लो समय बिरामी परेर अस्पतालमा भर्ना भएका र आर्थिक स्थिति कमजोर रहेकालाई सहयोग गर्ने , खाद्यान्न अभाव भएकोलाई नि:शुल्क खाद्यान्न सामाग्री उपलब्ध गराउने , विभिन्न कारणले जेलमा परेर सजाय काटेर घर फर्किन नपाएका नेपालीहरुलाई हवाई टिकट उपलब्ध गराइ सहयोग गर्ने लगायतको उल्लेखनीय कार्य गर्दै आईरहेको छ्न। केहि दिन अगाडिमात्रै अध्यक्ष भट्टराईले नेपाल सरकार,परराष्ट मन्त्रालय संगको भिडियो कन्फरेन्स मार्फत मलेसियामा एमसिओ र लकडाउनले अलपत्र परेका , भिसा सकिएर स्वदेश फर्किन नपाएकालाई चाडो भन्दा चाडो स्वदेश फर्काउन विशेष पहल गरेका थिए ।

गैर आवसीय नेपाली संघ मलेसिया ले तपाईं हरुको सहयोगको लागी बिभिन्न क्षेत्रमा आफ्ना प्रतिनिधिहरू समेत खटाएको छ।
समस्यामा परेका आम नेपाली श्रमिकले आफ्नो समस्या सहित निम्न स्थान र ब्यक्तिहरुसंग सम्पर्क गर्नसक्नुहुनेछ।

———गैर आवासीय नेपाली संघ (मलेसिया)———–
क्वालालम्पुर क्षेत्र
वरिष्ठ उपाध्यक्ष : सुन्दर आले मगर
फोन नम्बर : 0103753413
महासचिब : हेमराज सापकोटा
फोन नम्बर : 01126313170
केशब कान्त झा:0143031692
जोहोर क्षेत्र
उपाध्यक्ष : ज्ञानेन्द्र सिंह
फोन नम्बर: 0169009940
कोषाध्यक्ष : कृष्ण प्रसाद नेपाल
फोन नम्बर : 0143677067
युवा सयोजक : रबिलाल अधिकारी
फोन नम्बर: 01161763024
जोहोर शाखा को तर्फ बाट
“अध्यक्ष” मीन गुरुङ
फोन नम्बर : 0167811567
“सचीव”अर्जुन अनुरागी
फोन नम्बर : 01162191175

मुहार-बातुपात क्षेत्र
सचिब क : रन्जित कुमार क्षेत्रि
फोन नम्बर : 0143211603

इपो-ताइपिङ
सचिव ख : नेत्र केसि
फोन नम्बर : 0162930274

मलक्का क्षेत्र
महिला सयोजक : श्रद्दा देवान
फोन नम्बर : 0126198966
सदस्य :बिरेन्द्र कार्की
फोन नम्बर : 01127767235

सेरेम्बान निलाइ
केन्द्रिय सदस्य : केशब कान्त झा
फोन नम्बर : 014-3031692
गैर आवासीय नेपाली संघ(मलेसिया)