प्रवासी कलाकारसंघ पेनाङले खाद्यान्न अभाव झेलिरहेको नेपालीलाई गरे सहयोग।

[ तिलोचन गौतम ]

क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले COVID-19 (कोरोना भाइरस) संक्रमणको सम्भावित जोखिमबाट बच्न,नियन्त्रण गर्नकालागि आगामी महिना मेय १२ तारिखसम्मको लागी Movement Control Order (आवागमन नियन्त्रण आदेश , एमसिओ) जारि गरेका छ्न ।

एमसिओका कारण पेनाङ्गको ( Akoma Cable And Metal
965, Jalan Perindustrian Bukit Minyak, penang ) कम्पनीमा कार्यरत स्वदेश फिर्कन लागेका ५ जना नेपाली हवाई टिकट रद्ध भैइ भिसा समेत सकिएर बसिरहेका नेपाली लाई प्रवासी कलाकार संघ पेनाङ मलेसियाले खाद्यान्न सामाग्री सहयोग गरेको छ।

करार अबधी सकाएर घर फर्कने तयारीमा रहेका उनिहरु काम गर्ने कम्पनीले पनि खासै चासो नदेखाएको र साथमा भएको रकम समेत नेपाल पठाइसकेको भएकाले खाद्यान्न अभाब झेल्नुपरेको ति नेपालीहरुले बताएका थिए ।
लगतै कलाकार संघ पेनाङका पदाधिकारीहरु प्रेम चौधरी ( एलेक्स ) र इन्दिरा राना मगर ति नेपालीहरु बस्ने होस्टेलमै पुगेर खाद्यान्न सामाग्री हस्तान्तरण गरि सहयोग गरेको बताएका छन।

प्रवासी कलाकार संघ पेनाङले तत्कालको समस्या टारिदिएर समान उपलब्ध गराइदिएकोमा धन्यवाद दिदै खुसी समेत ब्यक्त गरेका थिए। कोरोनाको यस् बिपत्त घडिमा मलेसियामा कार्यरत नेपाली कामदारहरु स्वदेश फर्किन लागेका,अबैध रुपमा काम गरिरहेका र लामो समयसम्म कम्पनी बन्द भएकाहरूले खाद्यान्न अभावको समस्या झेलिरहेका छ्न ।

खाद्यान्न अभावको समस्या समाधान गर्न मलेसियामा बसेर ब्यापार ब्यवसाय,समाजसेवाको क्षेत्रमा सक्रिय ब्यक्ति र समाजिक संघसंस्था,मलाया खबर मिडिया लगायतले खाद्यान्न सामाग्री किनेर समस्यामा रहेकालाई नि:शुल्क उपलब्ध गराईरहेका छ्न।