क्वालालम्पुर(मलेसिया):= ५ लाख नेपाली संगै लाखौंलाख अन्य मुलुकको बिदेशी कामदार कार्यरत रहेको मलेसियामा बिदेशी नागरिकको कोरोना परिक्षण सामुहिक रुपमा गरिने भएको छ।
पछिल्लो समय कोरोना संक्रमित विदेशी बढेसँगै मलेसियाले विदेशीहरुको सामूहिक कोरोना परिक्षण गर्ने निर्णय गरेको मलेसियन स्वास्थ्य मन्त्रालयका महानिर्देशक दातोक डाक्टर नूर हिजाम अब्दुल्लाहले पत्रकार सम्मेलनमार्फत बताएकाछ्न।
सिंगापुरमा अत्याधिक संख्यामा आप्रवासीहरुमा कोरोना संक्रमण देखिएपछि मलेसियाले पनि आप्रवासी कामदारहरुमा निगरानी राख्न लागेको हो उनले भने।
महानिर्देशक अब्दुल्लाले भने ‘हामीसँग ठूलो संख्यामा विदेशी कामदारहरू रहेकाले उनीहरुको वारेमा अध्यन गर्ने उनीहरुको सामुहिक परिक्षण गर्ने सरकारले तयारि गरेको छ।’
मलेसियामा हालसम्म ६०१ जना आप्रवासी नागरिकमा कोरोना संक्रमणको पुष्टि भएको छ। ती मध्ये ३ जना नेपाली पनि रहेका छन् ।
यहाँ अहिलेसम्म शंका गरिएका विदेशीमा कोरोना परिक्षण गर्दा ठुलोमात्रामा संक्रमित भेटिनु र सिंगापुरमा एकैदिन करिव हजार विदेशीमा कोरोना देखिएपछि लाखौंलाख विदेशी नागरिक रहेको मलेसियाले सामूहिक परिक्षण गर्न लागेको बताइएको छ।स्थानीय सञ्चार माध्यम द-स्टारले समाचारमा उल्लेख गरेका छ्न।
मलेसियामा कोरोनाका कारण हालसम्म ८९ जनाको मृत्यु भएको छ भने ५ हजार ३ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।



















