मलेसियामा सेक्युरिटीगार्डमा कार्यरत नेपाली श्रमिक सुजनको मृत्यु।

[ मनोज डिसि ]

मलेसियामा कार्यरत एक नेपाली श्रमिककाे मृत्यु भएको छ ।
नेपाल ठेगाना नुवाकाेट घर भएका  सुजन रानाकाे आज बिहान सोमबार अप्रिल १३ तारिख मृत्यु भएको हो।

अाजै विहान उठेर डिउटी जाने समयमा अचानक मुटुमा समस्या देखा परेर लडेका सुजनकाे साथिहरुले उठाउन खाेज्दा खाेज्दै मृत्यु भएकाे साथमा कार्यरत नेपाली श्रमिक गाेविन्द विष्टले जानकारी गराउनुभयो।

३३ बर्ष उमेरका सुजन मलेसियाकाे काजाङ स्थित राम सेक्युरिटी सर्भिस नामक सेक्युरिटी गार्ड कम्पनिमा सुरक्षागार्डमा कार्यरत रहेका थिए । सुजनले हिजो आईतवार अाफुलाई हल्का सञ्चो नभएकाे साथिहरुलाई जानकारी गताएका थिए।

मृर्तक सुजनकाे हालसम्ममा  त्यस्ताे कुनै नसालु पदार्थ अथवा पेय पदार्थ प्रयाेग गर्ने बानि नभएकाे उनिसंगै कामगर्ने नेपालीहरुले बताए । हृदयघात ( heart attack ) को कारण मृत्यु भएको संका गरिएको उनको मृत शरिर पोस्टमार्टमको लागि स्थानिय अस्पतालमा लगिएको जनाइएको छ।