नेपाली काङ्ग्रेस जनसम्पर्क समिति मलेसिया द्वारा खाद्यान्न अभावको झेलिरहेका नेपाली लाई सहयो।

“बिगत २० दिन देखि कोठामा भोक भोकै बसेका खबर नेपाली काङ्ग्रेस जनसम्पर्क समितिका सभापति चोलाकान्त पंगेनीले सामाजिक संजाल मार्फत पाएपछी ऊनीहरुलाइ तत्कालै नेपाली काङ्ग्रेस जनसम्पर्क समेती मलेसियाको क्षेत्रीय साखा जोहोर बारुलाइ लाई सहयोग उपलब्ध गराउन सल्लाह दिनुभएको थियो ।”


मलायाखवर द्वारा बिपत मा कुनैपनी नेपालि खाद्यान्न अभाव भइ भोक भोकै नमरुन भन्ने उदेश्यले एक नेपालीले अर्को नेपालीलाई समस्या पर्दा सहयोग गर्ने अभियान संचालन गरि खाद्यान्न अभाव भएका नेपालीहरुलाइ सेवा पुर्याउने उदेश्य लिएको छ।

सोही अनुरुप मलेसियाको जोहोर राज्यमा खाद्यान्न अभाव झेलिरहेका नेपालीलाई नेपाली काङ्ग्रेस जनसम्पर्क समिति मलेसियाले खाद्य समाग्री सहयोग गरेको छ। मलेशियाको Jalan i-Park 1/1, Kawasan Perindustrian i-Park, Bandar Indahpura, 81000 Kulai, Johor मा अबस्थित HDI BLOBAL SDH BHD कम्पनीमा कार्यरत नेपाली दाजु भाइहरु स्वदेश फिर्ता हुने तयारी रहेका ऊनीहरु भाइरसको कारण मलेसियामा आबगमन बन्द हुदा समस्यामा परेका थिए ।

बिगत २० दिन देखि कोठामा भोक भोकै बसेका खबर नेपाली काङ्ग्रेस जनसम्पर्क समेतीका सभापति चोलाकान्त पंगेनीले सामाजिक संजाल मार्फत पाएपछी ऊनीहरुलाइ तत्कालै नेपाली काङ्ग्रेस जनसम्पर्क समेती मलेसियाको क्षेत्रीय साखा जोहोर बारुलाइलाई सहयोग उपलब्ध गराउन सल्लाह दिनुभएको थियो । “जहाँ श्रमिकहरुको समस्या त्यहाँ नेपाली काङ्ग्रेस जनसम्पर्क समिति मलेसिया” भन्ने नारा लिएको मलेसिया सम्पर्क समितिले मलेसियामा थुप्रै बिपत मा परेका नेपालीहरुलाइ समय समयमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा समेत कुनैपनी नेपाली कामदार समस्या लिएर हाम्रो सम्पर्क समिति सम्म आउँछन भने हामी सहयोग गर्न तत्पर रहेको नेपाली काङ्ग्रेस जनसम्पर्क समेती मलेसियाका सभापति चोलाकान्त पङ्गेनिले जानकारी दिनुभयो।