क्वालालम्पुर ( मलेसिया ) := मलेसियाको राजधानी क्वालालम्पुर काेतारायमा नेपाली नया बर्ष २०७७ सालकाे अवसरमा हुने भनीएकाे शुभकामना अादान प्रदान संगै बृहत गजल उत्सव कार्यक्रम २०७७ स्थगित हुने भएकाे छ ।
अाउदाे बैसाख ७ गते (सन् २०२०अप्रिल १९ तारिख) का दिन नेपाली भाषा र साहित्यकाे बिकाश र बिस्तार गर्ने उदेश्य बाेकेकाे एउटा शसक्त समुह साहित्यिक चौतारी नेपाल मलेसिया शाखाकाे अायाेजनामा हुने भनीएको कार्यक्रम
अर्को सुचना सार्वजनिक नहुदा सम्म स्थगित गरिएकाे साहित्यिक चौतारी नेपाल मलेसिया शाखाका अध्यक्ष तथा गजल उत्सव कार्यक्रमका संयाेजक राम प्रसाद सुबेदी संगमले जानकारी दिनु भयाे ।
मलेसियाका विभिन्न राज्यहरुमा रहेर नेपाली गजल बिधामा कलम चलाउने करिव १२ जना गजलकार हरुले गजल वाचन गर्ने तयारी रहेको कार्यक्रम बिश्वब्यापी महामारीको रुपमा फैलिएको काेराेना भाईरस (Covid 19) काे महामारीको कारण सहज तरिकाले सञ्चालन गर्न नसकिने निष्कर्ष निकाल्दै अाज एक विग्यप्ती जारी गर्दै कार्यक्रम स्थगित गरिएकाे साहित्यिक चौतारी नेपाल मलेसियाका महासचिव महेन्द्र सिंहले जानकारी दिनु भयाे ।

कार्यक्रममा पेनाङ राज्य बाट अनुराग बम क्षेत्री,खीमु काउचा गरिब,रेशम राज वाेगटी र वेहाेसी कृष्ण कार्की जाेहाेरवारु राज्य बाट देव विरही,ऋतिक नेपाल र अर्जुन सिंह अनुरागी राजधानी क्वालालम्पुरबाट खेम मगर कान्छ, तारा साेमै संकल्प,एम मगर, दल बहादुर लामा र प्रीत अञ्जुलीले गजल वाचन गर्ने तयारी रहे पनि लकडाउन काे कारण स्थगित गर्न परेकाे
साहित्यिक चौतारी नेपाल मलेसिया शाखा बरिस्ठ उपाध्यक्ष दल बहादुर लामाले जानकारी दिनुभयाे।
कार्यक्रमका मिडिया पाट्नरका रुपमा अनलाइन टेलिभिजन मुक्तक माधुरी, मलाया खबर, हिमालयन टाइम्स र रङ्ग नेपाल टेलिभिजन रहेका छन् । अनलाइन टेलिभिजन मुक्तक माधुरीका व्यवस्थापक अाेम प्रकास भुसालको विशेस सहयोग रहने भनिएकाे कार्यक्रम अर्को सुचना सार्वजनिक नभए सम्म का लागि स्थगित गरिएकाे हाे ।

















