मलेसियामा कार्यरत सुरक्षागार्ड कोरोनाको उच्च जोखिममा।

मलाया खबर/तिलोचन गौतम ,,

क्वालालम्पुर(मलेसिया):= मलेसियामा सुरक्षार्थ खटिएका सुरक्षागार्डहरु कोरोना भाइरसको उच्च जोखिममा रहेको बताउदै आएका छ्न ।

मलेसिया सरकारले जारी गरेको मुभमेण्ट कन्ट्रोल अडर ( MCO) मा समेत आफुहरु सुरक्षाका लागि पुरै महिना खटिनुपर्ने भएको हुदा आफुहरु उच्च जोखिममा रहेको विभिन्न सेकुरेटी कम्पनीमा कार्यरत नेपाली सेक्युरिटी गार्डहरुले बताए ।

मलेसियाका विभिन्न हस्पिटल हरुमा जो अहिले कोरोना सङ्क्रमित परिक्षण तथा सङ्क्रमित उपचाररत छ्न त्यहाँ सुरक्षार्थ खटिएका गार्ड ,स्विपर , हरु न्युनतम सेफ्टी प्रयोग गरि काम गरिरहन परेको बताउदै आएका छन।

मलेसियामा ठुला तथा साना प्राय सबै सेकुरेटी कम्पनीका सुरक्षा क्षेत्रमा खटिएका सुरक्षागार्ड ले मलेसियामा अहिलेसम्म काम गर्दै आइरहन परेको र प्रत्यक्ष अप्रत्यक्ष थुप्रै मानिस सङ सम्पर्क तथा चेक जाँच गरिराख्नुपर्ने विभिन्न कम्पनी ,मार्केट को सुरक्षागार्ड को रुपमा काम गर्ने सुरक्षागार्ड हरु समेत रहेका र प्रत्यक्ष दैनिक थुप्रै मानिसहरुको सम्पर्क रहेर काम गर्नुपर्ने भएको हुदा सुरक्षागार्ड कोरोनाको उच्च जोखिममा रहेको विभिन्न कम्पनीमा कार्यरत सुरक्षागार्डहरुले बताए।