तिलोचन गौतम
क्वालालम्पुर मलेसिया
मलेसियाको पोटकेलाङमा का गर्दै आएका एक नेपाली कामदारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । साधारण रुघाखोकी लागेपछि केलाङ हस्पिटल पुगेका उनलाई ४ दीन पछि अहिले सुङ्गाईबुलो हस्पिटलमा ट्रान्सर्फर गराइएको छ। उनि झापा चन्द्रगडिका हुन् ।
साधारण खोकीको औषधि गराइरहेको र सुङ्गाइबुलो हस्पिटल भर्ना भएको तेस्रो दीनमा वार्ड चेन्ज गरिएको प्रत्यक्ष बिरामी जानकारी गराए पश्चात् मलेसिया स्थित नेपाली राजदुतावास क्वालालम्पुरका द्धितिय सचीव महेस त्रिपाठीलाई जानकारी गराएका थियौ ।
अहिले उपचाररत सङ्क्रमितका अनुसार वार्ड परिवर्तन गराएको छ । बिस्तारै ठिक हुँदै गएको महसुस गरिरहेको र साधारण खोकी भने अझै लागिरहेको उन्ले बताए । यद्यपि हस्पिटलबाट रिपोर्ट भने आउन बाकी छ।




















