मलेसियामा कोरोनाको कारण आजसम्म ५० जनाको मृत्यु/नेपाली श्रमिक सकुशल।

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या झन बढेर ५० जना पुगेको छ ।

लगभग १०५ जना आईसियु,इमर्जेन्सी कक्षमा उपचाररत रहेका छ्न,भने ७६७ जना संक्रमित स्वास्थ्य लाभ लिई उपचार सकिएर सकुशल घर फर्किएका छ्न ।

अहिलेसम्म जम्मा तीन हजार एक सय १६ जनामा कोरोना प्रमाणित भएको स्वास्थ्य मन्त्रालयले जारी गर्ने दैनिक प्रेस बिज्ञप्ति मार्फत जनाइएको छ। कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म नेपाली कामदार भने सकुशल नै रहेको छ। कुनै नेपालीलाई कोरोना लागेको आधिकारिक पुष्टि भैइ प्रमाणित भएको छैन ।