मलेसियाको जोहोरबारु स्थित JCY कम्पनीमा काम गर्दै आएका रिसिङ गाउँपालिका ६ तनहुँका पहल मान आलेमगर मलेसियामा बेपत्ता भएका छन। वैदेशिक रोजगारीको सिलसिलामा पाँच बर्ष पहिले मलेसिया आएका आले मगर पहिला ३ बर्षहरुमा सबैको सम्पर्कमै रहेका आले मगर बिगत दुईबर्ष यता घर परिवार , साथीहरू सङ सम्पर्कबिहिन छ्न। दुई बर्ष सम्म मलेसिया गएको छोरो सम्पर्कमा नआउदा बुडि आमा लगाएत स – परिवार एतिबेला चिन्तित बनेका छ्न ।
यदि कसैले कहि कतै देख्नु भएको छ भने उहाँको दिदी श्रीकला आले मगर (नेपाल) 009779827153847, भेनाज्यु पदम आलेमगर (मलेसिया) 0184693741,राम प्रसाद पुनमगर 01123813262 माथी नम्बर हरुमा सम्पर्क गरीदिन अनुरोध गरेका छ्न। नोट- मलेसियामा थुप्रै एस्ता हराएका ब्यक्ति हाम्रो समाचार प्रकासन पछि भेटिन सफल भएका छ्न। त्यो आम तपाईं सबै पाठक हरुलेनै मलाया खबर प्रती गरेको बिश्वास हो ।




















