मलेसियामा कोरोनाले मृत्यु हुनेको संख्या २३ पुग्यो/२ हजार भन्दा बढी संक्रमित।

क्वालालम्पुर ( मलेसिया ):= बिश्वब्यापी माहामारीको रुप लिएर तिब्रगतिमा फैइलिरहेको कोरोना भाईरस (काेभिड-१९) को संक्रामणबाट मलेसियामा मृत्यु हुने मानिसको संख्या दिनप्रतिदिन दुई , तीन जनाले ज्यान गुमाउँदै मृतक थपिदै गैइरहेको छ ।

मलेसियामा कोरोना थप मानिसमा फैलिन नदिन मलेसिया सरकारले मार्च १८ तारिख देखी ३१ तारिखसम्म लागु गरेको (मोभमेन्ट कन्ट्रोल अर्डर )आवागमन नियन्त्रण अवधी,लकडाउन समेत आगामी आउने महिना अप्रिल १४ तारिख सम्मको लागी थप गरिसकेका छ्न ।

मलेसिया स्थित स्वास्थ्य मन्त्रालयको जेनेरल डाइरेक्टर दातोक डाक्टर नुर हिजाम अब्दुलाहले नियम प्रेस बिज्ञप्ति मार्फत जनाए अनुसार कोरोनाको कारण अहिलेसम्म यहाँका विभिन्न राज्यहरुमा गरेर आज बिहिवार सम्म आईपुग्दा २३ जना नागरिकले ज्यान गुमाईसकेका छ्न भने अहिले लगभग २ हजार भन्दा बढी मानिसमा कोरोनाको संक्रमण फेला परेको र लगभग २१५ जना उपचार सकिएर सकुशल घर फिर्ती भैईसकेको अन्य ४५ जना भन्दा बढीको आईसियु,इमर्जेन्सी कक्षमा उपचार भैईरहेको बताईएको छ ।मलेसियामा अझैपनी हजारौंहजार मानिसको संख्यामा कोरोना संक्रमित रहेको आशंंका गरिएपनी तिनिहरुको चेकजाँच गर्न बाकीनै रहेको छ।

मलेसियामा अन्य देशबाट आगमन पनि पुर्ण रुपमा बन्द गरिएकाे छ। यस्तै मलेसिया सरकारले संक्रमाण फैलन नदिन हिड्डुलमा प्रतिबन्ध लगाएको छ । बाहिरी हिड्डुललाई रोक्न सडकहरुमा पुलिस तथा आर्मिहरुकाे प्रयोग गर्न सुरु गरिएको र सार्वजनिक यातायातमा समेत चेकजाँचलाई तिब्र पारिएको छ। पुलिस प्रशासनले माईकिङ गर्दै अत्यावश्यक काम बाहेक यताउता हिलडुल नगर्न,घरबाट बाहिर ननिस्किन र धेरै मानिसको समुह भेला नहुन माइक मार्फत सुचना बोल्दै सु-सुचित गरिरहेको छ , साथै अबदेखि सडकमा पुलिस प्रशासनले कडाईको साथ चेकजाँच गरिरहेकै छ्न भने आकाशबाट चेकजाँच गर्न ड्रोन क्यामराको सहायता लिने यहाँका उच्चअधिकारीको भनाईरहेको छ।

बैंक तथा बित्तीय संस्था बन्द रहेतापनि स्वास्थ्य,इमर्जेन्सी यातायात,खाद्यान्न लगायतको अतिआवश्यक सेवा प्रादायक निकाय भने खुला गरिएको छ।
लाखौंलाख बिदेशी कामदार कार्यरत रहेको देश मलेसियामा करिब ४ लाख भन्दा बढीको हाराहारीमा नेपाली श्रमिकहरु कार्यरत रहेका छ्न । तर अहिलेसम्म कोरोनाको कारण बिदेशी नागरिकको ज्यान नगएको र नेपाली कामदारहरु समेत सुरक्षीत रहेको अवस्था छ।