मलेसियामा “लकडाउन”को समयमा छुट्टिमा बसेको कामदारको तलव काट्न नपाइने।

क्वालालम्पुर ( मलेसिया ):= माहामारीको रुप लिएर बिश्व ब्यापी रुपमा फैलीरहेको भ्यानक कोरोना भाइरसको संक्रमण मलेसियामा फैलिन नदिन यहाँका सरकारद्वारा लागु गरिएको १४ दिने लकडाउन (बन्द) को समयावधिमा काम रोकिएपनि श्रमिकलाई तलव दिइनु पर्ने मलेसियाका मानव संशाधन मन्त्री एम सरभाननले बताएका छन् ।

मलेसियाको अनलाईन न्युज पोर्टल मलेसियाकिनीले लेखेको समाचार अनुसार मानव संशाधन मन्त्री एम सरभाननले
मार्च ३१ सम्ममा लागि लगाइएको ‘लकडाउन’को समयको पनि तलव श्रमिकलाई भुक्तानी गरिनुपर्ने बताएका हुन् ।
आवतजावत,भिडभाडलाई नियन्त्रण गर्नेगरी लगाइएको ‘लकडाउन’को समयावधिको पनि तलव तथा सुविधा भनें रोजगारदाताले उपलव्ध गराउनु पर्ने बताएका हुन् । यसैगरी ‘लकडाउन’को समयमा कुनै पनि श्रमिकलाई रोजगारदाताले बार्षिक छुट्टी वापतको विदा लिन बाध्य पार्न पाउने छैनन् । बेतलवी विदा लिन पनि श्रमिकलाई बाध्य पार्न पाइने छैन ।

आप्रवासी श्रमिकको हकअधिकार रक्षामा निक्कै कमजोर मानिने मुलुक मलेसियामा आप्रवासी श्रमिकले यी सवै सुविधाहरु पाउन भनें सहज छैन । किनभने सम्बन्धित निकायले पनि अहिलेसम्म श्रमिकको निम्ति बनेको केही नियमकानुन पुर्ण रुपमा ब्यवहारिक रुपमा लागू गराउन,पालना गराउन सकेको छैन ।