कोरोना भाइरसले मलेसियामा दुईको मृत्यु/ नेपाली श्रमिकलाई समेत पुर्णरुपमा प्रवेशमा रोक लगायो।

क्वालालम्पुर ( मलेसिया ):= कोरोना भाइरस (कोभिड–१९) संक्रमण बिश्वब्यापी रुपमा बढ्दै गएपछि कतार र साउदी अरबले बिदेशीलाई प्रवेशमा रोक लगाईसकेको छ । अब कतार र साउदी पछि मलेसियाले पनि विदेशी श्रमिक कामदार लगायतकोलाई प्रवेशमा पूर्ण रुपमा रोक लगाएको छ ।

मलेसियामा कोरोना भाइरसको संक्रमणको कारण दुई जनाको मृत्यु भैईसकेको छ । संक्रमण बढ्दै जान थालेपछि आज बुधबार बाट मार्च १८ देखी ३१ मार्च सम्म १४ दिनका लागि मलेसिया सरकारले लकडाउन घोषणा गरेर विदेशीलाई प्रवेशमा आवतजावतमा रोक लगाइएको हो ।
मलेसियाले विदेशीको प्रवेशमा रोक लगाएसँगै रोजगारीका लागि जाने कामदार रोकिएका छन् । वैदेशिक रोजगार विभाग ताहचल कार्यालयका प्रमुख उमेश बस्नेतले सञ्चारकर्मीलाई जानकारी गराए अनुसार मलेसिया जाने नेपाली श्रमिक केही दिनका लागि रोकिएको छ्न।

राजनीतिक उतारचढाव र नयाँ श्रम स्वीकृति सम्बन्धि कानुन,कामकुरा नमिलेर १ वर्षभन्दा लामो समय रोकिएको मलेसियाको रोजगारी ३ महिनाअघि मात्र खुलाईएको थियो । वैदेशिक रोजगार विभागको फागुन महिनाको तथ्यांकमा मलेसिया जान लगभग ११ हजार नेपाली युवाले श्रम स्वीकृति लिएको देखिन्छ । विगत ३ महिनाको तथ्यांकमा ३२ हजार नेपाली मलेसियामा रोजगारीमा गएको तथ्यांकले देखाउछ ।

साथै मलेसिया सरकाले कोरोनाको आशंका लागेर बिरामी परेको सम्पूर्ण विदेशी कामदारलाई पनि स्थानीय नागरिक सरह उपचार सेवा प्रदान गर्ने भएकाे छ । याे सुबिधा यहाँ कार्यरत करिब ४ लाख भन्दा बढीको हाराहारीमा रहेको नेपाली श्रमिकले पनि उपयोग गर्न पाउने भएका छन।
ठुलाे सङ्ख्यामा रहेका नेपाली पनि काेराेनाबाट प्रभावित हुने भएपछि मलेसिया स्थित नेपाली दुतावासले पनि सजक रहन सुचना जारि गरिसकेको छन।

(मलेसियामा लकडाउन , बन्दको प्रभाव )

लकडाउन अवधीसम्म पानी, विजुली, उर्जा, सुरक्षा,स्वास्थ्य,यातायात,खाद्यान्न पाइने सुपरमार्केट लगायतका अत्यावश्यक सेवा प्रदायक बाहेक सबै स्कुल,शैक्षिक संस्था, सरकारी निजी कार्यालय पनि बन्द हुनेभएको छ। साथै अत्याधिक भिडभाड हुने खालको सभासम्मेल,बिहे,पार्टी समेत आयोजना गर्न पाइनेछैन। जानकारी अनुसार मलेसियाका कतिपय कम्पनी कोरोनाको कहरले लकडाउन अवधी नसकुन्जेलसम्मको लागी,सङ्क्रमण फैलिन नदिनको लागी सावधानी अनुरुप बन्द समेत गरिएको छ। नेपाल् र मलेसिया हवाई उडान समेत अनिश्चितकालीन बन्द भएको छ ।