मलेसियामा ज्यान गुमाएका प्रदिप र कुमारबहादुरको परिवारलाई नेपालीहरुले गरे ३ लाख आर्थिक सहयोग।

क्वालालम्पुर ( मलेसिया ):= नेपालीको लागी रोजगारीको निम्ति प्रमुख गन्तव्य मध्यको एक अन्तर्राष्ट्रिय देश हुन मलेसिया । मलेसिया रोजगारीमा करिब ४ लाख बढी नेपालीहरु विभिन्न क्षेत्रमा कार्यरत छ्न ।

गत बर्ष २०१९ मा सयौंको संख्यामा नेपाली कामदारहरुले विभिन्न कारणबँस ज्यान गुमाएको दूतावास र सम्बन्धित निकायको तथ्यांकले बताउछ ।
यस्तै रोजगारीकै सिलसिलामा अच्चानक सुत्यासुत्यै भएर ज्यान गुमाएका दुई नेपाली कामदारलाई सम्बन्धित कम्पनी र कार्यरत नेपाली सेक्युरिटी कामदारहरु मिलेर आर्थिक रकम जम्मा गरि मृतक दुईजनाको परिवारलाई प्रदान गरेका छ्न ।

( जम्मा गरिएको आर्थिक सहयोग रकम नेपाल पठाईएको बैंकको रिसिभ पेपर)

बिगत डेढ बर्ष पहिला मलेसिया आएर सुबाङ्गजाया स्थित इजा फोर्स ( EAZA FORCE ( M ) Sdn.Bhd.) सेक्युरिटी कम्पनीमा कार्यरत रहनु भएका ठोक्सिला, चौदण्डीगढी वडा न. ५ उदयपुरका स्वर्गीय कुमार बहादुर नेपालीको गत बर्ष २०१९ अगस्ट २० तारिखको राति सुतेकै अबस्थामा मृत्यु भएको थियो र पुनः करिब ४ महिना पछि सोही कम्पनीकै अर्का नेपाली कामदार दमक न.पा. १० झापाका स्वर्गीय प्रदीप कुमार दासको पनि २०१९ डिसेम्बर २४ तारिखमा सुतेकै अवस्थामा मृत्यु भएको थियोे ।

आर्थिक अवस्था एकदमै कमजोर रहेका मृतक कुमार बहादुर र प्रदिपको परिवारलाई जिवनयापन गर्न सहयोग पुगोस् भन्ने हेतुले सोही सेक्युरिटी कम्पनीको समन्वय सहयोगमा र कम्पनीमा कार्यरत कामदारहरुबाट नेपाली रु . ३ लाख रकम सङ्कलन गरि आर्थिक सहयोग रकम डेढ – डेढ लाखको दरले मृतक कुमार बहादुरको श्रीमती उषा नेपालीको नाममा र अर्का मृतक प्रदीप कुमारका श्रीमती पार्वता भुजेलको नाममा बैंक मार्फत नेपाल पठाईएको सोही कम्पनीमा कार्यरत कामदार ध्रुवकुमार दनुवारले बताउनु भयो।