धनबहादुर थाडा मगरको मलेसियामा मृत्यु।

मलेसियाको जोहोर बारक्क टोमिप्याक फेक्सिबल प्याकेजिङ sdn bhd प्रीन्टिङ कम्पनीमा मेसिङ अपरेटरको रुपमा काम गर्दै आएका नवलपरासी सुनौलका धन बहादुर थाडा मगर कम्पनी को गए राती मलेसियामा निधन भएको छ । बिगत ९ बर्स देखि मलेसियामा कार्यरत धन बहादुर थाडा मगर को हृदयघात का कारण मृत भएको प्रारम्भिक अनुमान साथीहरूले लगाए पनी के कारणले मृत्यु भएको बनेर रिपोर्ट आउन बाकी रहेको छ ।

मृतक को सव पोस्टमार्टमको लागि मलेसियामाको जोहोर बारुको कुलाइ स्थित सुल्तान हस्पिटल लगिएको कम्पनी मा कार्यरत सहकर्मी मोतिराज हमाल ले जानकारी दिए। कम्पनी श्रोत का अनुसार आबस्यक कागजात र कानुनी प्रक्रिया मिलाएर छिटै अन्तिम दाहसस्कार को लागि सव नेपाल पठाउने भएको छ।