क्वालालम्पुर ( मलेसिया ):= आज शुक्रवार बिहान मलेसियाको पुलाउ पेनाङ स्थित जालान बारु पेराईमा मोटरसाइकल दुर्घटना हुँदा एक नेपाली कामदारको मृत्यु भएको छ ।
सेब्रांगजाया पेराईको प्रहरी प्रमुख सुपरिटेन्डेन्ट मोहम्मद मुस्तफा बिदीनले सञ्चारमाध्यमलाई जानकारी गराए अनुसार बिहान करिब ०९:०० बजे १९ वर्षीय नेपाली युवा कामदार शंकर साह बानिया सवार होंडा एक्स फाईभ मोटरसाइकल बुकिट मेर्ताजमबाट पाराई जाँदै गर्दा सोही दिशाबाट यात्रा गरिरहेको लोरीले पछाडीबाट ठक्कर दिएर बानियाँको घटना स्थलमै मृत्यु भएको हो ।



बानियाँ जुन मोटरसाइकलमा सवार थियो लोरीले २५ मिटर परसम्म सडकमै घिसारिएको थियो। “पीडित र उसको मोटरसाइकल ट्रेलर भित्र फसेको थियो , पछि पुलिसले पेनाङ फायर र रेस्क्यु डिपार्टमेन्टलाई बोलाएर बानियाको मृतक शरीरलाई बाहिर निकालिएको थियो ।
प्रहरी प्रमुख मुस्तफाले भने कि पीडित बानियाको शव पोष्टमार्टमको लागी सेब्रांगजाया स्थित स्थानीय अस्पतालमा पठाइएको छ। अनुसन्धान गर्दाखेरी मृतकको ड्राईभिङ लाइसेन्स नरहेको कुरा प्रहरीले सार्वजनिक गरेको छ । ४५ बर्षिय लोरी चालक भने सकुशल रहेका छ्न ।
उक्त सडक दुर्घटना मुद्दाको छानबिन सडक यातायात ऐन १९८७ को धारा ४१ (१) अन्तर्गत अनुसन्धान भइरहेको छ,” प्रहरी प्रमुख मुस्तफाले भने ।
यद्यपि मृतक बानियाँको नेपाल ठेगाना बारे बिस्तृत बिवरण खुल्न बाकीनै रहेको छ।





















