
मलेसियाको इपु स्थित जनाल तेम्ज मा अबस्थित हङ यहि फममा अबैधानिकरुपमा काम गर्दै आएका भोजपुर जिल्ला साल्पासिलिछो गाउँपालिका दोभानेका मानव राई को मलेसियामा मृत्यु भएको छ । माछा को पोखरीमा माछाको हेरचाह गर्ने काम गर्दै आएका राइको माछा लाई चारो दिने क्रममा पोखरामा डुबेर गत सोमबार मार्च २ तारीख मृत्यु भएको हो ।

राइको मृत सव पोस्टमार्टमको लागि पान्ताइ हस्पिटल इपोमा राखिएको र आबस्यक कावजात तयार पारी अन्तिम दाहसंस्कारको लागि मृत शरीर स्वदेश फिर्ता गराइने भएको निज कार्यतर कम्पनी श्रोतले जानकारी गराएको छ।




















