पेनाङको “रेलाउ” मा जनउद्धार केन्द्रको नयाँ सम्पर्क समिती गठन ।

सदस्यता बिस्तार को अभियान मा रहेको जनउद्धार केन्द्रले पेनाङको “रेलाउ” मा जनउद्धार केन्द्रको नयाँ सम्पर्क समिती गठन गरेको छ। २९ फेब्रुअरी २०२० सनिवार साँझ पेनाङ्ग राज्यको रेलाउ शहरमा सम्पर्क समिती बिस्तार गरेको हो। केन्द्रिय अध्यक्ष केशु थापा को अध्यक्षतामा बसेको भेलाको संयोजन थिर कटुवाल ले गरेका थिए भने केन्द्रिय सचीव शंकर देव आचार्य ले सहजीकरण गरेका थिए, कार्यक्रम मा वरिष्ठ उपाध्यक्ष शेर बहादुर श्रेष्ठ र कोषाध्यक्ष देबेन्द्र गिरि ले नब गठित सम्पर्क समिति लाई बधाई र शुभकामना सहित को मन्तब्य राखेका थिए ।

रेलाउ केन्द्रको नयाँ सम्पर्क समितीले भुपाल बुढाथोकी लाई सर्बसम्मत अध्यक्षमा तेस्तै पत्र जंङ्ग राना, रिता तामाङ र निरोज थापा लाई उपाध्यक्ष बनाएको छ भने सचिब मा हेमराज बंजारा, सह सचिबमा रमेश मुक्तान, कोषाध्यक्ष मा शिव कुमार आलेमगर चयन भएका छन २३ सदस्यीय समितिका सदस्यहरुमा क्रमशः चित्र बहादुर बि. क. तारा बलाल, प्रीतम खड्का , नरेश श्रेष्ठ , प्रदीप केसि , जित बहादुर मगर , सागर बोगटी, गणेश लामा, ज्ञान बहादुर अधिकारि, दिपेन्द्र कटुवाल, रोसन कुमार शा, रबिनाथ तामाङ्ग र जनक भुजेल रहेका छन भने गंगा माखिम, फुर्बा शेर्पा र संजय थापालाई सल्लाहकार चयन गरेको छ।

नब गठित सम्पर्क समितिका सदस्यहरुलाई सफल कार्यकाल को शुभकामना दिदै केन्द्रिय अध्यक्ष केशु थापाले संस्थाको हित बिपरित कुनैपनि कार्य नगर्न सुझाबदिनको साथै केन्द्रिय कमिटीका पदाधिकारी ले सम्पर्क समिति रेलाउ लाई संस्था दर्ताको प्रमाणपत्र प्रतिलिपी, संस्थाको बिधान र सदस्यता पत्र समेत हस्तान्तरण गरेका केन्द्रिय सचीव शंकर देव आचार्यले जानकारी दिनुभयो ।