मलेसियामा सार्वजनिक स्थलको प्रयोगमा ध्यान दिनुपर्ने कुराहरु

मलेसियमा सार्वजनिक स्थलमा रहँदा वा हिंड्दा धेरै कुरामा ध्यान दिनुपर्दछ । महिला, वृद्धवृद्धा तथा बालवालिकालाई विशेष सम्मान र ध्यान दिनुपर्दछ जो हामी नेपालमा रहँदा पनि गर्ने गर्दछौं । सार्वजनिक स्थानमा बस्न मिल्ने या नमिल्ने ठाउँ तथा हिड्न पाईने वा नपाईने ठाऊँका बारेमा विभिन्न किसिमका संकेतहरु प्रयोग गरिएका हुन्छन् । सो बारेमा चनाखो भई सोहि अनुसार संकेत चिन्हहरुको प्रयोग गर्नुपर्दछ ।
मलेसियामा सार्वजनिक स्थलहरुमा धुम्रपान गर्न (चुरोट) मनाहि छ । मलेसियाको नियम अनुसार तल उल्लेखित स्थानहरुमा र त्यसको ३ मिटर नजिक धुम्रपन गर्न पाईदैन । यदि यस्ता क्षेत्रहरुमा धुम्रपान गरेको पाईएमा धुम्रपान गर्ने व्यक्तिलाई १० हजार रिङ्गिट जरिवाना र दुई बर्षसम्म कैदको सजाय हुन सक्दछ ।
ड्ड अस्पताल तथा क्लीनिक नजिकका क्षेत्रहरु
ड्ड सार्वजनिक लिफ्ट तथा ट्वाईलेटहरु
ड्ड सार्वजनिक यातायातहरु र सार्वजनिक यातायात उपलब्ध हुने टर्मिनलहरु
ड्ड विमानस्थल
ड्ड सरकारी निकायहरुको कार्यालय नजिक
ड्ड कुनै पनि वैठक÷कार्यक्रम हुने भवनहरु
ड्ड शैक्षिक संस्थाहरु नजिक
ड्ड स्कुल बसहरु
ड्ड कुनै पनि भवनको सेवा दिने काउन्टरहरु
ड्ड सपिङ्ग कम्प्लेक्सहरु
ड्ड पेट्रोलियम पदार्थ बेच्ने स्टेसनहरु
ड्ड स्टेडियम तथा खेलकुद हुने स्थानहरु
ड्ड कुनै धार्मिक भवन नजिकै
ड्ड पुस्तकालय
ड्ड ईन्टरनेट क्याफे
ड्ड कुनै पनि राष्ट्रिय तालिम केन्द्र नजिक
ड्ड आराम गर्ने ठाऊँहरु तथा बगैंचा, खेलकुद मैदान नजिकै ३ मिटर भित्रमा
ड्ड सार्वजनिक पार्क
सार्वजनिक स्थलमा फोहोर गर्नु हुँदैन । आफूले खाएर बाँकी रहेका फ्याँक्नु पर्ने खानेकुरा, बोतलहरु, झोला लगायतका वस्तुहरु फोहोर फाल्नका लागि निश्चित तोकिएको ठाउँमा मात्र फाल्नु पर्दछ । यस्ता फोहोर फाल्ने ठाऊँहरु सडकका छेउछाउमा राखिएका हुन्छन् । मलेसियाका धेरैजसो सार्वजनिक स्थानहरुमा नगरपालिकाका प्रहरीहरु फोहर जहाँत्यहिं फ्याँक्नेहरुलाई समाउन लुकेर बसेका हुन्छन् र फोहोर फालेको अवस्थामा समातेर गाडिमा हालि सिधै प्रहरी चौकिमा पु¥याउने, थुनामा राख्ने र जरिवाना पनि गर्ने गर्दछन् । हामीलाई कसैले देखेको छैन फोहोर जहाँ फालेपनि हुन्छ भन्ने लाग्न सक्छ तर विभिन्न ठाउँमा जडित सिसि टिभि क्यामेराबाट हामीलाई हेरिरहेका पनि हुनसक्छन् । त्यसैले सार्वजनिक ठाऊँमा फोहर फाल्ने, दिसापिसाव गर्ने, हो–हल्ला गर्ने, जाँड रक्सीको सेवन गर्ने जस्ता विषयहरु सार्वजनिक अपराध अन्तर्गत पर्ने गर्दछन् । यसो गरेमा आर्थिक जरिवाना तथा जेल समेत पर्ने सम्भावना हुन्छ ।