फूटबल प्रतियोगितालाई व्यवस्थित बनाउदै हिमालयन, आजबाट अर्को प्रतियोगिता सुरु


क्वालालम्पुर/
मलेसियामा विगत केहि वर्ष अघि कुनै ठाउँको कुनै समुहले आयोजना गर्ने फूटबल प्रतियोगिता अहिले भने व्यवस्थित हुँदै गएको छ । नेपाली–नेपाली विचनै गराइने प्रतियोगिता नेपाली सघं सस्थाहरुलेनै आयोजना गर्दै आएका थिए । तर ती सघं सस्थाहरु मलेसियामा दर्ता नभएका र दुतावासमा जानकारी बाहेक कुनै बैद्यता थिएन ।

जसले गर्दा प्रतियोगिता आयोजना भए पनि व्यवस्थित हुन सकिरहेको थिएन ।
टाढाबाट आउने खेलाडीहरु असुरक्षीत महसुस गर्दथे भने खेल स्थान पनि सुरक्षीत हुँदैन थियो । अनि कतिपय प्रतियोगिताको फाइनल खेल नै नगराई आयोजक सम्पर्क बिहिन भै दिदा खेलाडीको बिचल्ली हुने गरेका घटना मलेसियामा थुप्रै भए । यहि समस्यालाई समाधान गर्नका लागि मलेसियाभरी छरिएर रहेका खेलाडीको मनोवललाइ थप उच्च पार्न हिमालयन फूटबल क्लव स्थापना भयो ।


यसलाई मलेसिया सरकारले समेत कानुनी मान्यता दिएसँगै बिगत केहि वर्ष देखी मलेसियामा फूबटल सम्बन्धीका प्रतियोगिता गर्न थाल्यो । हिमालयन फूटबल क्लवले आयोजना गरेका हरेक प्रतियोगिता व्यवस्थित , सुरक्षीत र मर्यादित हुन थालेपछि मलेसियामा छरिएर रहेका खेलाडी तथा खेलप्रेमीहरुमा बिस्वास जित्न सफल भयो हिमालयन फूटबल क्लव । यहि क्लवले यस वर्षको चिनिया नयाँ वर्षको अवसरमा पनि प्रतियोगिता आयोजना गरेको छ ।
जसअनुरुप मलेसियाका विभिन्न स्थानमा रहेका १३ वटा टिमहरुले प्रतियोगितामा भाग लिदैछन् । प्रतियोगिताको बिजेताले नगद १० हजार आर एम सहित ट्रफि र प्रमाणपत्र प्रप्त गर्ने छ भने यहि खेलको बिजेताले आगमी मे महिनाको १ तारिखबाट हुने माईग्रेण्ड कपमा समेत सहभागिह हुन पाउने छ ।
शनिबारबाट सुरु प्रतियोगिताको दोस्रो हुनेले नगद ५ हजार आरएम र तेस्रो हुनेले नगद ३ हजार आर एम सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् ।


प्रतियोगिताको फाईनल खेल २७ तारिख हुने छ । खेल क्वालाम्पुरको स्डेडियम मर्डेकामा हुने क्लवका उपाध्यक्ष शिव सुवेदीले जानकारी दिए । शनिबार हुने पहिलो खेल आयोजक हिमालयन फूटबल क्लव र पीजे फूटबल क्लव विच हुने छ । खेल मलेसियाको स्थानीय समय अनुसार बिहान ११ः३० देखी सुरु हुने छ ।
हेर्नुस खेल तालिका