
क्वालालम्पुर/
मलेसियामा काम गर्ने नेपाली श्रमिकहरुको कल्याणका लागि भनेर यहा स्थित गैर आवासिय नेपाली सघंले सन् २०१५ /२०१७ मा श्रमिक कल्याणकारी कोषको स्थापना गरिएको थियो । श्रमिक गन्तव्य मुलक र अधिकांश सदस्य श्रमिक नै भएका कारणले पनि यो कोष महत्वपूर्ण हुने भनेर स्थापना गरिएको थियो । तत्कालिन अध्यक्ष विस्व राईको कार्यकालमा घोषणा गरिएको यो कोषमा त्यसै बेलापनि मलेसियामा रहेका कयौ व्यवसायीहरुले आ–आफ्नो क्षमता अनुसारको रकम कवुल गरेका थिए । १०१७ फेब्रुअरी ११ मा क्वालालम्पुर स्थित होटल ग्रेण्ड कन्टिनेण्टलमा नेपालका तत्कालिन श्रम मन्त्री सुर्यमान गुरुङको प्रमुख आतीथ्यता रहेको थियो । मन्त्रीलाई साक्षी राखेर त्यसबेला नै कवुल गरेका मलेसियाका ब्यापारी र केहि एन आर एन ए मलेसियाकै पदाधिकारीहरुले पनि कवुल गरेको रकम कोषमा नबुझाएको तथ्य मलाया खवरलाई प्राप्त भएको छ । त्यसपछि सन् २०१७ को मार्च १९ मा यहि कोषलाइ थप मजबुत बनाउन भनि अध्यक्ष राईकै डिजाईनमा एन आर एन एसिया प्यासिफिक कन्फिरेन्सको आयोजना भयो । त्यसबेला विभिन्न देशका एन आर एनका पदाधिकारीहरुले विभिन्न सहयोग रकमको कवुल गरे । त्यो पैसा पनि अहिले सम्म एन आर एनएको खातामा आईसकेको छैन ।
तत्कालिन महासचिव सुन्दर आलेका अनुसार पटक पटक पत्रचार गर्दा पनि कवुल गरिएको रकम उठ्न नसकेको बताए ।
यी हुन श्रमिक कल्याणकारी कोषको घोषणा भएकै दिन कवुल गरेर रकम नतिर्ने मलेसियाका व्यावसायीहरु
१ , कंग्रेस जनसम्पर्क समिती , आर एम ५०१
२, दिपक तामाङ, आर एम २०००
३, गणेश केसि, आर एम ४४५३
४, गोविन्द प्रसाद श्रेष्ठ, आर एम ४१५७
५, हाकिम श्रेष्ठ, आर एम ५०१
६,हर्वो इन्टरनेशनल, आर एम १५०१
७, इन्द्र मालु, आर एम ५०१
८, जयराम तिमिल्सिना, आर एम ५५५
९, किरण बिक्रम थापा, आर एम ४४४९
१०, पंगेनी ह्यूमन रिसोर्ज प्रालि, आर एम ५०१
११, गोविन्द प्रसाद श्रेष्ठ, आर एम ४१५७
१२, श्यामकला तिवारी, आर एम ५०१
१३,सुर्य कार्की, आर एम ५००
१४, भवानी शंकर तिवारी, आर एम ५५५
१६, भोमा लिम्वु, आर एम १५००
यी हुन एसिया प्यासिफिक कार्यक्रममा घोषणा गर्ने तर रकम नतिर्ने अन्य देशका एन आर एन ए का पदाधिकारीहरु ।
१, भवन भट्ट, ३००० यूएस डलर
२,हेमराज ढकाल, २००० यूएस डलर
३, शेष घले, १००० यूएस डलर
४, उपेन्द्र महतो, १००० यूएस डलर
५, कृष्ण पाण्डे, १००० यूएस डलर
६, गोविन्द श्रेष्ठ, १००० यूएस डलर
७, दोर्डी खोला हाईड्रो पावर, १००० यूएस डलर
८, सगुन डट कम, १००० यूएस डलर
९, एन सिसि साउथ कोरिया १००० यूएस डलर
१०, एनसिसि एष्ट्रेलिया, १००० यूएस डलर
११, एनसिसि फिलिपीन्स, १००० यूएस डलर
जम्मा १५ हजार ५ सय यूएस डलर ।
उपरोक्त रकम जम्मा नगर्ने व्यक्ती तथा एनसिसि कमिटीहरुसँग वर्तमान मलेसियाका कोषाध्यक्ष कृष्ण प्रसाद नेपालले पटक –पटक पत्रचार तथा सम्पर्क गरेपनि रकम नउठेको बताएका छन् ।उनले यसबारेमा केन्द्रीय कमिटीलाई समेत कुरा राखेको केन्द्रबाट सबैलाई इमेल मार्फत जानकारी गराइएको भएपनि कसैले अहिले सम्म कुनै प्रतिकृया नदिएको कोषाध्यक्ष नेपालले मलाया खवरलाई बताए ।
नोट : पैसा नतिरेको र पैसा तिर्न भन्दै मलेसिया कमटिले गरेको ताकेताको पत्र र सो पत्रमा केन्द्रीय कमिटीबाट प्राप्त इमेलको जवाफ मलाय खवरसँग सुरक्षीत छ ।




















