नेपाल सरकारले जारी गर्न लागेको एमसिसि सम्झौता विरुद्ध मजदुर एकता केन्द्र मलेसियाद्वारा आपत्ति प्रकट ।

क्वालालम्पुर(मलेसिया):= यतिबेला नेपालमा एम.सि.सि बारे ब्यापक बहस चलिरहेको छ तसर्थ यसै विषय लाइ लिएर नेपाली मजदुर एकता केन्द्र मलेसिया ले आफ्नो धारणा एक प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।

विज्ञप्तिमा भनिएको छ ।

यतिबेला नेपाल राष्ट्रिय संकटमा परेको छ एम सि सि जस्तो राष्ट्रघाति प्रस्तावमा नेपालमा रहेका सबै राजनीतिक दलहरू पारित गर्ने पक्षमा देखिनु गम्भीर आपत्तिको विषय हो हामी हाम्रो देश लाइ लिविया सिरिया इराक जस्तो अमेरिकी युद्ध मैदान बनाउन चाहान्नौ तसर्थ निम्न उल्लेखित बुदाहरुमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

१. अमेरिकाले नेपाललाई प्रदान गर्ने भनिएको सहयोग रकम कुन परियोजनाका लागि हो भन्ने कुरा अमेरिकाले आफै छान्ने ।

२. एमसीसी लागू भएपछि अमेरिकाको एमसीसी परिचालन बोर्डलाई नेपालले स्वायत्त अधिकार सहित संबैधानिक मान्यता प्रदान गर्नुपर्ने ।

३. एमसीसी परियोजना संचालनमा नेपालले कुनै पनि चासो राख्न नपाउने , कुनै सोधपुछ नै गर्न नपाउने ।

४. एमसीसी परियोजनाको बौद्धिक सम्पत्ति अमेरिकाको हुने ।

५. रोजगारी पनि अमेरिका कै नागरिकले पाउने ।

६. एमसीसी परियोजना लागू भएका स्थानको जमिन, नदी , बन जेजे पर्छ सबै नेपालका सम्बन्धित मन्त्रालयले अमेरिकाको नाममा बनाइदिनुपर्ने ।

७. एमसीसी लागू भएको ठाउँमा अमेरिकाले आफ्नो परियोजनाको सुरक्षाका लागि अमेरिकी सेना राख्ने ।

८. एमसीसी परियोजनामा आवश्यक सम्पुर्ण सामग्री सबै अमेरिकाले नै किन्ने र नेपालले के किनेर लिएको भन्न पनि नपाउने ।
९. अमेरिकाको परियोजनामा भारतको समर्थन अनिवार्य हुनुपर्ने ।
१०.नेपालका एमसीसी संग बाझिएका कानुन स्वत रद्द भइ अमेरिकाको कानुन लागू हुने ।

माथी उल्लेखित वुदाहरु ले नेपालको संविधान लाइ नै नियन्त्रणमा लिने कुरा स्पष्ट छ तसर्थ हामी देशभक्त नागरिक हरुको लागी राष्ट्रिय स्वाधीनता नै नामेट हुनेगरी गरिएको यो सम्झौता कदापि स्वीकार्य हुन सक्दैन तसर्थ यस्तो राष्ट्रघाती प्रस्ताव को हाम्रो संस्था नेपाली मजदुर एकता केन्द्र खेद प्रकट गर्दछ र तत्कालै खारेजीको निम्ति संबंधित पक्ष संग जोडदार माग गर्दछ ।