रोजगारीका क्रममा मलेसियामा रहँदा ध्यान दिनुपर्ने कुराहरु
१. रोजगारीका शर्त तथा बन्देजहरु
मलेसियाको कानुनलेः
- १८ वर्ष भन्दा मुनिका व्यक्तिहरुलाई रोजगारीमा लगाउन वन्देज लगाएको छ ।
- ड्बिभिन्न संवैधानिक निकायहरुका सदस्यहरुलाई ट्रेड युनियनको सदस्यता लिन निषेध गरिएको छ । तर अन्य क्षेत्रमा काम गर्ने कामदारले स्थानीय ट्रेड यूनियनको सदस्यता लिन पाउँदछन् ।
२. कामदारको कर्तव्य तथा अधिकार
कामदारका कर्तव्यहरु
- पुर्ण निष्ठ, ईमान्दारिता तथा असल नियतका साथ रोजगारदाताको लागि काम गर्नु पर्दछ,
- रोजगारदाताले अह्राएका उचित तथा कानुन सम्मत कामहरु मान्नु पर्दछ,
- रोजगारदाताका गोप्य सूचनाहरु अपचलन वा खुलासा गर्नु हुँदैन
- रोजगारदातालाई हानी हुने अवस्थामा कामदारलाई लाभ वा फाईदा हुने कामहरु गर्नु हुँदैन
कामदारका अधिकारहरुः
- अन्यायपुर्ण निष्कासनबाट संरक्षण प्राप्त छ,
- वैतनिक प्रशुति विदा,
- संगठित हुनु तथा युनियनमा आवद्धता,
- पुर्णकालिन सेवाको सुरक्षण उपभोग गर्नु
३. रोजगारदाताको कर्तव्य र अधिकार
रोजगारदाताको कर्तव्यः
- सुरक्षित काम गर्ने वातावरण प्रदान गर्नु,
- रोजगार सम्झौतामा उल्लेख भए बमोजिमका काम लगाउनु,
- असल नियतका साथ निष्पक्ष व्यवहार गर्न,ु
- कामदारसँग विश्वास तथा सम्मानका साथ व्यवहार गर्नु
रोजगारदाताको अधिकारः
- करार बमोजिम सूचना दिई सेवा समाप्ति गर्ने,
- न्यासंगत कारण तथा अवस्थामा कामदारलाई निष्कासन गर्ने,
- आफ्नो व्यवसायको पुनर्संरचना गर्ने,
- कामदारको खिलाफमा अनुसन्धान गर्ने तथा अनुशासनको कारवाही गर्ने




















