तिलोचन गौतम
जोहोरबारु मलेसिया
चाइनिज नयाँ बर्षको अबसरमा मलेसियाका तीन ठुला सहरहरुमा नेपाली ख्यातिप्राप्त कलाकार हरुको उपस्थितिमा १३ औं रिमिक्स धमाका हुने भएको छ ।
रिमिक्स धमाकाले पटकपटक मलेसियाका विभिन्न स्थानहरुमा रहेका लाखौं नेपाली लाई समय-समयमा नेपाली चर्चित कलाकार हरु ल्याएर मनोरञ्जन दिदैे आइरको केही समय एता लगातार सञ्चालन हुन नसकेको रिमिक्स धमाका मलेसियामा पुनः सुचारु गर्न लागिएको कार्यक्रम आयोजक राजेस श्रेष्ठले बताए।
कार्यक्रम एहि जनवारी २६ तारीख सनिवार बातुपहाड जनवारी २७ तारीख आइतबार चेम्मेर्लाङ जोहोरबारु र जनवारी २८ तारीख क्वालालम्पुरमा हुने आयोजक कमिटिले जानकारी दिए।
कार्यक्रमका लागी नेपाल बाट गायक प्रमोद खरेल मोडल अनु चौधरी , गायक बिबेक लामा ,गायक राम्जी खाण र एलिना राइमाझि आउने तय भएको छ।
कार्यक्रममा स्थानीय कलाकारले समेत मनोरञ्जन दिने उक्त कार्यक्रम रिमिक्स धमाका का आयोजक शिव सुबेधीले जानकारी दिए।




















