मलेसियामा रहेका अबैधानिक कामदारलाई पुनः पक्राउ गरिदै/वेश्यालयबाट पनि नेपाली पक्राउ।

आरएन चौधरी थारु/मलाया खबर,,

क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले यहाँ रहेका अबैधानिक कामदार लाई घर,स्वदेश फर्किन खुल्ला गरेको आममाफी कार्यक्रम ब्याक फर गुड (Back for good) गएको बर्ष २०१९/३१ डिसेम्बरमा सकिएको छ्न।

घर फर्किने म्याद सकिए लगत्तै मलेसिया इमिग्रेसन डिपार्टमेन्टले गरेको पुर्व घोषणा अनुसार अबैधानिक कामदारलाई पुनः धरपकड गर्न र जेलमा हाली कडा भन्दा कडा कारवाही गर्न सुरु गरेको छन।

मलेसिया इमिग्रेसनले अहिले श्रमिकहरु बस्ने होस्टेल,बाटो,ट्रेन स्टेसन,बस स्टेसन लगायतको ठाउँ तिर छापा मार्ने कामलाई तिब्रता दिईएको छ । विभिन्न ठाउँमा रहेका अबैधानिक (इलिगल) कामदारलाई धरपकडकै क्रममा मंगलबार दिउँसो क्वालालम्पुर स्थित जालान ह्याङ्ग कस्तुरी कोतरायामा अवस्थित वेश्यालयबाट यौनकर्मी महिलाहरु संगै ९ जना नेपाली लाई आपत्तिजनक अवस्थामा पक्राउ गरिएको र अरु बङ्गलादेश,म्यानमार,इन्डोनेसिया,ईन्डिया लगायतको देशको अप्रवासी कामदार समेत पक्राउ परेको मलेसिया इमिग्रेसनले एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको खुलासा गरेका हुन । तर यौनकर्मीसंग पक्राउ पर्नेहरुको परिचय खुलाईएको छैन ।

यता मलेसियाकै बातुकेभ र कोतादामानसारा भन्ने ठाउँ तिर छापा हान्दा धरपकडको क्रममा मंगलबारनै दिउँसो र बेलुकाको समयमा १९ जना अबैधानिक नेपाली कामदारहरु पक्राउ परेका छ्न ।
ती नेपाली कामदारहरुलाई खाना खान बाहिर निस्केको बेला , घुमघाम गर्ने क्रममा मलेसिया इमिग्रेसनले पक्राउ गरेका हुन ।
यसरी अबैधानिक रुपमा पक्राउ पर्नेमा नेपाली श्रमिक संगसंगै बाङ्गलादेश,इन्डोनेसिया,म्यानमरा,भियतनाम,चाईना,कम्बोडिया,थाईल्यान्ड लगायतको देशको नागरिकहरु रहेको छ ।

नेपाली दूतावासका अनुसार ब्याक फर गुड कार्यक्रमको बेला अनुमानित ६ हजार अबैधानिक नेपाली कामदार फर्किएको हुन । मलेसिया सरकारले अबैधानिक श्रमिक,कामदारलाई स्वदेश फर्किन बारम्बार मौका दिए पनि अझै यहाँ हजारौंको संख्यामा अबैधानिक रहेको तथ्यांक सम्बन्धित निकायसंग छ।