काठमाडौं । बौद्ध गेटको नजिकै सडकको पेटीमा बसेर दैनिक व्यापारा गरिरहेको दुश्य देखिन्छ एक बुढी आमा । साना साना झोलामा राखिएको सिस्नोमा हरकोहीको नजर जान्छ ।
सडकमा हिड्ने मानिसहरुले सिस्नोलाई राम्ररी हेर्दे हिड्ने गर्छन् । यो त सिस्नु होइन ? यसले धेरै फाइदा गर्छ । हाम्रो गाउँ तिर पाइन्छ । यस्तो पनि बेच्न राख्छन् भन्ने धेरैको प्रश्न हुन्छ ? सिस्नु देखेपछि धेरैको नजर एकछिनसम्म त्यहाँबाट हट्दैन ।
सडकको पेटीको एक कुनामा एउटा बोरा र साना झोलामा सिस्नुहालेर चुरोटको धँुवा फाल्दै गरेको दुश्य दैनिक देखिन्छ । उनको नाम साइली विसुन्के हो । लगभग ६० वर्षको उमेर पुगेकी साइली आमाको स्वास्थ्य अवस्था अनुसार आरामदायी जिवन विताएर घरमा बस्नुपर्ने उमेर हो । तर बाध्यताको भारी बोकेपछि उनलाई नत विहानको चिसो न त उमेरले नै छुन सक्यो ।
उनी विहान ४ बजे उठेर सिस्नो खोज्नको लागि विभिन्न स्थानमा भैतारिने गर्छिन् । सिस्नोको खोज्न कहिले थानकोट त कहिले गोदावरी, कहिले भक्तपुर, धुलिखेल पुग्छिन् । आफ्नो हात देखाउँदै उनले भनिन् हेर नानी सिस्नुले हात पोलर अब त हातै लाटो भईसक्यो । हात नपोलेको दिन खाना समेत खान नपाइने गुनासो सुनाइन् । दैनिक सिस्नोसँग खेल्ने भएरै होला उनलाई सिस्नोले पोल्नै छोडिसक्यो ।
०७१ साल भन्दा अगाडि उनी निकै खुसी भएको सुनाउँदै भनिन्– सिन्धुपाल्चोकस्थित बाह्रविसे नजिकै गाउँ थियो । श्रीमान वितेको भएपनि आफ्ना जेठो छोराबुहारीसंग बसोबास गर्दे आएकी थिएँ । एक छोरी र दुई छोराको साथमा रहँदा श्रीमानको अभाव खड्कीएन ।
अहिले भने जेठो छोरा र माइली छोरीको घरजम भईसक्यो, कान्छो छोराको विहे गर्न बाँकी रहेको उनले सुनाउँदै उनले भनिन्– जेठो छोरासंग लामो समयदेखि बसोबास गर्दे आएको थिए । भुकम्पले घर भत्कियो । जस्ताको टहरा बनाएर बस्न थालियो । सरकारले दिएको पैंसामा छुट्टै जस्ताको टहरा बनाइदियो जेठो छोराले । खाना छोराबुहारीसंग खाएपनि रात विताउनको लागि छुट्टै बस्न थालेको थिए ।
छुट्टै बस्ने थालेपछि छोराबुहारीले हेरचार गर्न छोडे । विस्तारै एक्लै खाना बनाए खान थाले । कान्छो छोरा सवारी चालक भएकाले लामो समयमा मात्र घर आउने जाने गथ्र्यो । छोरी कहिले काहीँ आएर सहयोग गर्थि । विद्युवा भत्ता र कहिले काहीँ अरुलाई काममा सहयोग गरेर जिवन निर्वाह गरिरहेको थिए ।
एकदिन दाजुभाइवीच अंश भागवण्डा गर्नुपर्ने समय आयो । अंश भागवण्डका समयमा दाजुभाइबीच ठुलो झगडा प¥यो । सबै जग्गा दुई छोराको नाममा राखिदिएँ । पछिल्ला दिनमा छोरा बुहारीले गर्ने व्यवहार परिवर्तन हुन थाल्यो । विस्तारै विस्तारै छोराबुहारीले हेरचार गर्न छोडे । बुहारीले अन्य छिमेकीसंग लागेको आरोप लगाउन थालिन् । बुहारीसंग दैनिक झगडा हुन थालेपछि छोरापनि परपर हुन थाल्यो । सधैं बुहारीले अन्य छिमेकी दाई, देवरपर्नेसंग नराम्रो आरोप लगाएपछि घर छोडेर हिड्न बाध्य भएको उनले दुखेसो गरिन् । मर्न पटक पटक प्रयास गरेको बताउँदै उनले भनिन्–मर्न नसकेर काठमाडौं भित्रिएँ । जसोतसो जिविका चलाउँदै छु ।
उनले थपिन् –काठमाडौं आउने भाडा समेत थिएन । छिमेकी छोरीले मेरो अवस्थामाथि दया देखाउँदै जानु यसरी बस्नुभन्दा पशुपतिमा मागेर खानु भन्दै २ सय रुपैंया दिएर बसमा चढाइदिएको उनी सम्झिन्छिन् । पशुपतिमा मागेर आफ्नो जिवन चलाउँछु भन्ने सोचेर २०७३ को सुरुमा काठमाडौं आएको उनले सुनाइन् ।
पशुपतिमा मागेर बाँकी जिन्दगी विताउने योजनामा भित्रिएकी उनी जेठी दिदीले हौसला दिएकै कारण यो पेसामा लागेको बताउँछिन् । उनले भनिन्– मेरो दिदी काभ्रे घर भएपनि लामो समयदेखि काठमाडौस्थित वौद्धमा बस्छिन् । दिदीसंग सबै गुनासो पोखेँ । दिदीले घरमा फोन गर्दै मेरो छोरालाई गाली पनि गरिन् तर, पनि मेरा छोराहरु लिन आएनन् ।

मेरो मनलाई सान्तोवना दिनको लागि मेरो दिदीले काम गरेर खान सक्छेऊ रुनु पर्दैन भनेर पटक पटक सम्झाइन् । टुक्रिएको मन जोड्नलाई समय लाग्ने रहेछ । त्यो बेला पनि मनले हरेस खाइसकेको थियो तर, दिदीको सल्लाह सुझावले मन बद्लियो ।
केही हप्ताको बसाईपछि त्यस्सै बस्न मन लागने । ढलानको काममा जाँदा भारी बोक्न सकिन्नथ्यो । कुनै व्यापार गर्न आफुसँग पंैंसा थिएन । वौद्धमा सिस्नोको व्यापार राम्रो हुन्छ भनेर दिदीले पटक पटक भनिरहेको थिइन् । दिदीले पनि कहिले काहीँ सिस्नो खोजेर बेच्ने गरेको कुरा सुनाइन् । मलाई हौसला मिल्यो । लगानी गर्नु नपर्ने भएपछि म सिस्नो खोज्नको लागि दिदीसंग विभिन्न स्थानमा जान थाले । विहानै झिसमिसेमा उठेर सिस्नो खोज्न विभिन्न ठाउँ जान थाले । दिउँसो १ वजे सम्म सिस्नो खोज्ने र बेलुका आएर वौद्धको गेट छेउमा बेच्न थाले । कहिले काहीँ महानगरले दिनभरी टिपेर ल्याएको सिस्नोको झोला नै बोकेर लगिदिन्थ्यो । त्यस्तो दिन भोकै पनि बसियो । यसरी दिनचर्या वित्न थालेपछि कागेश्वरी मनोहरा नगरपालिका गोठाटारस्थित जस्ताको टहराको एउटा कोठा भाडामा लिएर एक्लै बस्न थाले । महिनामा ३ हजार भाडा तिर्नुपर्याे । सिस्नो पाएको दिन दिनमा ३ ÷४ सयको व्यापार हुन्थ्यो ।
साँझ एकपल्ट मात्र खाना खाने गथ्र्येँ । सिस्नु खोज्नको लागि दैनिक ७ ÷८ किलोमिटर भन्दा बढी हिड्नुपर्थाे । पहिला पहिला सिस्नोले पोल्दा रुनमन लाग्थ्यो । पछिल्ला दिनमा हात लाटो हुँदै गयो । सिस्नोले पोल्न छोड्यो । यसरी दिनचर्या वित्न थाल्यो । अहिलेसम्म ३ वर्ष भयो यही दिनचर्यामा दिन वितेको ।
सिस्नो बेच्न थालेपछि दैनिक धेरै मानिससंग कुरा हुन थाल्यो । सिस्नो प्रेसर र सुगर रोगको लागि निकै उपयुक्त खानेकुरा रहेछ । प्रेसर र सुगरको रोग कम हुने भएकाले दैनिक विरामीले किन्ने गर्छन । त्यसमा पनि जातिय रुपमा सिस्नो मन पराउनलेहरु जस्तै तामाङ, लिम्बुलगायतका मानिसहरुले खरिद गर्ने गरेको उनले बताइन् ।
२ किलो जाने झोलामा एक झोला बराबार ५० रुपैयाँमा बेच्ने गरेको उनले सुनाइन् । रोग कम गर्ने भनेपछि झन सिस्नो खोज्न जागर लाग्थ्यो, उनले भनिन्– मैले कसैको स्वास्थ्यमा राम्रो हुने काम गरिरहेको छु भनेर आफ्नो मनलाई शान्त बनाउन थाले । जानि नजानि मैले पनि सेवा मुलक काम गरेको आफैलाई अनुभूति हुन थाल्यो । विरामी हुँदा छोराछोरीको खुब याद आउँछ ।
उनले अध्यारो मुख लगाउँदै भनिन् –एकपटक छोरी भेट्न आएकी थिई । छोरीले मेरो अवस्था देखेर उसको घरमा जानको लागि आग्रह पनि गरि । तर, आफ्नो घरमा त बास नपाएको मैले छोरीको घरमा गएर बस्न मनले मानेन । ३ वर्ष देखि लगातार सिस्नु व्यापार गर्दे आईरहेकी छु । २ वर्ष अगाडि जति फुर्तिलो थिए । विस्तारै स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । तर पनि हिम्मत स्वरुप काम गरिरहेको छु ।
आफुले सक्नेसमयसम्म काम गरेर खाने नसके कुनै विकल्प खोज्ने उनको आसय थियो । आजपनि खानाखाने समयमा आफ्नो छोराछोरीलाई सम्झेर रुन्छु । तर, के गर्नु बुढेसकालमा आशा गरेका सन्ततिको साथ नपाइने रहेछ । मर्न चाहेर पनि नसकिने रहेछ । जे छ यसैमा खुशी छु । आफ्नो ज्यान पालिरहेको छु । दुःख भुलाउनको लागि पनि सिस्नो व्यापार गरिरहेको छु ।




















