रामधुनी र कल्याणपुर नगरपालीका बिच सुशासन सिकाई आदान प्रदान ।

सुनिल चौधरी,


झुम्का:= नगरमा सुशासन कायम गर्न रामधुनी नगरपालीका र प्रदेश २ का कल्याणपुर नगरपालिका बिच आईतवार सिकाई आदान प्रदान भएको छ । नयाँ ऐन कानुन निर्माण भए संगै स्थानिय सरकारमा सुशासनकालागी पनि नयाँ प्रकृयाहुदा मार्गदर्शन हुने उधेश्यले जनप्रतिनिधि, कार्यपालिका सदस्य र कर्मचारीहरु बिच सिकाई आदान प्रदान भएको हो ।

रामधुनी नगरपालीकाले प्रकृयागत रुपमा सुशासनका सुचकहरु अगाडी बढाईरहदा मुक्ति नेपालको सहयोगमा कल्याणपुर नगरका जनप्रतिनिधि र कर्मचारीहरु सिकाईकालागी यहा सम्म आईपुगेका हुन् । पुर्वाधार बिकास निर्माण, महिला, बालबालिका, जेष्ठनागरीक, युवा लगायतका नगरकै गतिबिधिहरुको पार्दशिता गर्ने सम्बन्धमा सुशासनका सुचकहरुलागु गर्दै रामधुनी नगरपालिकाले गरेका प्रयासहरुमा पाएका उपलब्धिहरुको बारे उनीहरुले जानकारी लिएका हुन् ।

छलफलमा २५ वटा ऐन, कानुन निर्माण लगायत नियमावली, कार्यबिधि, निर्दैशिका कार्यन्व्यन गर्दै नगरको गतिबिधि संचालन गरिरहेको रामधुनी नगरपालिको तर्फबाट जानकारी दिएका छन् । योजनाको छनौट तथा बजेट पारित गर्ने सम्बन्धमा सामुहिक निर्णय गरिरहेको यसैगरी आएका चुनौति र गर्ने सामाधानका उपायहरुको बिषयमा जानकारी दिएका थिए । पार्दशिता, साकारात्मक सोच र सहमतिनै सुशासनको प्रमुख पाटो रहेको भन्दै सुशासनकालागी एकताको समेत खाँचोरहेको छलफलमा आएको थियो ।

नगरले बालमैत्रि स्थानिय शासन, पुर्ण सरसफाई वातावरणमैत्रि, महलिा अधिकार संरक्षण, न्यायिक समितिले गरेका कार्यहरुको बारेमा जानकारी लिदै कल्याणपुर नगरमा पनि सुशासनकालागी प्रयासका कदमहरु चाल्ने नगरप्रमुख सुर्यनाथ मण्डलले बताए । कल्याणपुर भन्दा रामधुनी नगरपाली बिकासमा अग्रणी रहेकोले सिकाई उपलब्धि र मार्गदर्शन हेतु आएको रामधुनी खबर साप्ताहिकलाई जानकारी दिदै रामधुनी नगरपालीका संग मित्रता समेत गासेको नगरप्रमुख मण्डलले जानकारी दिए । स्थानिय भाषा, सस्कृति, कला संरक्षणमा पनि छलफल भएको थियो ।

रामधुनी नगरपालीकाको तर्फबाट नगरप्रमुख जयप्रकाश चौधरी,उपप्रमुख सबिना चौधरी, कार्यकारी अधिकृत ओमकार प्रसाद न्यौपाने,योजना प्रमुख हर्षलाल चौधरी, वडाअध्यक्ष केशव गौतम, शिक्षा शाखा अधिकृत राजन गेलालले गतिबिधिका बारेमा जानकारी दिएका थिए । कल्याणपुर नगर उपप्रमुख रौनिका कुमारी यादव सहित वडाअध्यक्ष, कार्यपालिका सदस्यहरुको टोलीले रामधुनी नगर ऐतिहासिक धार्मिक पावन भुमि र धार्मिक पर्यटकीय क्षेत्र बनाउने योजनाहरुको बारेमा समेत जानकारी लिएका हुन् ।