बभनी युथ स्टार क्लबको आयोजनामा खुल्ला नक आउट फुटबल प्रतियोगीता २०७६ सुरु ।

कोल्हबी:= बभनी युथ स्टार क्लबद्वारा आयोजित खुल्ला नक आउट फुटबल प्रतियोगीता २०७६ को उदघाटन समारोह कोल्हबी नगरपालिका -१ को बभनी खेलमैदानमा एक कार्यक्रमको बिच सम्पन्न भएको छ।

उक्त कार्यक्रमको प्रमुख अतिथीमा कोल्हबी नगरपालिका -१ का वाडाअध्यक्ष बिरेन्द्र प्रसाद चौधरी, विशिष्ट अतिथिमा कोल्हबी न .पा -५ को वाडाअध्यक्ष बासु प्रसाद चौधरी ,कोल्हबी न .पा ७ का वाडाअध्यक्ष बिरेन्द्र प्रसाद चौधरी , तामागढि बन ब्यब्स्थापन समितीका संयोजक रबिन्द्र पनुहर, अनुपदिपनी उ. मा .बि का पूर्व प्रचार्य केवल प्रसाद चौधरी ,समाजसेवी रामप्रसाद चौधरी , कपिलदेब पन्जियार, कोल्हबी नगरपालिकाका रा .ज .पा अध्यक्ष हरिचनद्र पनुहर, महिला वडा सदस्य बिन्दु देवि चौधरी , ललिता देवि राम , वडा सदस्य जगिराम पनुहर त्यसै गरि उक्त कार्यक्रमको अतिथिमा बभनी टोल बिकास संस्थाका अध्यक्ष धनन्जय पनुहर, थारु युबा नेता बिरेन्द्र पनुहर, ईलाका प्रहरी कर्यालयका प्रतिनिधि मनोज यादब ,मन्केश्वर निर्माणसेवा प्रा लि का प्रोपराइटर वसन्त चौधरी ,रेडियो पातालगङ्गाको स्टेशन मेनेजर सन्जय चौधरी थारु लगायतको उपस्थिती रहेको थियो ।

धिरेन्द्र पनुहरले संचालन गरेको उक्त कार्यक्रममा शुभकामना मन्तब्य केवल प्रसाद चौधरी , रामप्रसाद चौधरी , हरिचन्द्र पनुहर ,धनन्जय पनुहर, बिरेन्द्र पनुहर, ललिता रामले राख्नुभएको थियो भने उक्त कार्यक्रमको सभापतित्व बभनी युथ स्टार क्लबका अध्यक्ष नरेन्द्र प्रसाद पनुहरले गर्नुभएको थियो।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु २०,००१ शिलड मेडल र प्रमाणपत्र र दोश्रो हुने टिमलाई नगद रु१०,००१ शिल्ड मेडल र प्रमानपत्र त्यसै गरि उत्कृष्ट खेलाडीले १ थान जर्सी शिल्ड मेडल र प्रमाणपत्र साथै सर्बाधीक गोलकर्ताले १ थान बूट शिल्ड मेडल ल प्रमाणपत्र प्राप्त गर्ने आयोजक टिमले जानकारी गराउनुभएको छ।