तिलोचन गौतम
क्वालालम्पुर मलेसिया
मलेसियास्थित नेपाली राजदुतावास मलेसियाले मलेसियाको राजधानी क्वालालाम्पुर भन्दा टाढा रहेका नेपाली हरुलाई मलेसिया सरकार ले अबैधानिक कामदार लाई स्वदेश फर्कन दिएको आम माफी लाई लक्षित गर्दै ती क्षेत्रहरुमा रहेका नेपालीकामदार हरु लाई राजदुतावासले प्रदान गर्दै आएको सेवा सुबिधा बारे जानकारी दिन समय समयमा कन्सुलर सेवा प्रदान गर्दै आएको छ ।
करिब २०० को हाराहारीमा उपस्थित श्रमिकहरुका बिच आज नोबेम्बर ९ तारीख आइतबार पेनाङको देवान हल, बुकित मर्ताजाममा एक दिने कन्सुलर सेवा सम्पन्न भएको छ।


कन्सुलर सेवा प्रदान कार्यक्रमको लागि दूतावासका कर्मचारी सहितको पेनाङ पुगेको टोलि ले १६० वटा यात्रा अनुमती पत्र जारी लगाएत ,कागजात प्रमाणिकरन राहदानी आबेदन फम बितरण लगाएत दर्जनौं गुनासाहरुको सम्बोधन गरेको थियो ।
कार्यक्रममा थुप्रै स्थानीय नेपाली श्रम संगठनको प्रतिनिधि उपस्थित भएका थिए । कन्सुलर सेवा कार्यक्रम लाई जनउद्वार केन्द्र मलेसिया ले विशेष सहयोग गरेको थियो । कार्यक्रम बाट थुप्रै खाल्का समस्यामा नेपाली कामदार रहेको खुल्दै आएको र तिन्को दिगो दीर्घकालीन समाधानको खोजीमा दूतावास लागि परिरहेको दूतावास बाट कार्यक्रममामा सेवा प्रदान गर्न गएको टोलिले बताको थियो




















